माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
५१ पटक हेरिएको
Shares
माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?

सारांश

  • काठमाडौं, पुस १८ ।
  • नेकपा माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।
  • मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

काठमाडौं, पुस १८ । नेकपा माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।

बैठक आज अपराह्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्ने प्रवक्ता भुसालले बताइन् ।

एमालेसँगको पार्टी एकताको विषयमा पार्टीले ठोस निर्णय लिन नसकिरहेको अवस्थामा माओवादी केन्द्रको आज बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?