सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

सारांश

  • काठमाडौँ, २४ माघ ।
  • सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
  •  बिहिबार दिउँसो भएको दुर्घटनामा ८ जना घाइते भएका हुन्।

काठमाडौँ, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो भएको दुर्घटनामा ८ जना घाइते भएका हुन्।

फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।

जिप चण्डी भञ्ज्याङ स्थित सडकबाट २ सय मिटर तल खसेको थियो । मृतकको सनाखत भैनसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बेलोरोमा ८ जना यात्रु सवार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?