प्रक्रिया पुरा नगरेकालाई इजाजत नदिन वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रक्रिया पुरा नगरेकालाई इजाजत नदिन वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

सारांश

  • काठमाडौं ।
  •  कानूनी प्रक्रिया पुरा नगरेका व्यक्तिहरूलाई म्यानपावर सञ्चालनको लागि इजाजतपत्र नदिन वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ ।
  • सोमबार संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा विभाग पुगेको संघको टोलीले विभागका महानिर्देशक विश्वराज पाण्डेलाई कानूनी प्रक्रिया पुरा नगरेका व्यक्तिहरूलाई म्यानपावरको इजाजतपत्र नदिन आग्रह गरेका हुन् ।

काठमाडौं । कानूनी प्रक्रिया पुरा नगरेका व्यक्तिहरूलाई म्यानपावर सञ्चालनको लागि इजाजतपत्र नदिन वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ । सोमबार संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा विभाग पुगेको संघको टोलीले विभागका महानिर्देशक विश्वराज पाण्डेलाई कानूनी प्रक्रिया पुरा नगरेका व्यक्तिहरूलाई म्यानपावरको इजाजतपत्र नदिन आग्रह गरेका हुन् ।

पछिल्लो समय कानूनी प्रक्रिया पुरा नगरी विभागले धमाधम म्यानपावर दर्ता गराईरहेको सघंको आरोप छ । वैदेशिक रोजगार नियमावली २०६४ को नियम ६ र विभागको कार्यसञ्चालन निर्देशिकाको परिच्छेद ३ दफा १२ को उपदफा ७, ८ र ९ को उल्लंघन गरी कागजात पुरा नगरेका कम्पनीहरूलाई इजाजतपत्र दिइएको संघले जनाएको छ ।

वैदेशिक रोजगार नियमाली २०६४ को नियम ६ को उपनियम च छ र झ तथा निर्देशिकाको दफा १२ को उपदफा ७, ८ र ९ मा नयाँ इजाजत लिने कम्पनीको सञ्चालक ५ वर्ष सम्म निरन्तर रूपमा चलेको कम्पनीमा प्रवन्धक वा सो भन्दा माथीको पदमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने, सञ्चालक हुन चाहने व्यक्तिले कर तिरी कर चुक्ता गरेको प्रमाण हुनुपर्ने, व्यवस्था भएपनि उक्त व्यवस्थाको पालना नगरी इजाजत प्रदान गरिएको र अब त्यसो नगर्न उनीहरूले महानिर्देशकलाई आग्रह गरे ।

०६८ भदौ १५ देखि लागू हुने गरी गत ०६८ भदौ १३ गते नयाँ इजाजत प्रदान गर्न रोक्का गर्न तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको उपस्थितिमा निर्णय गरिएको थियो । वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीहरूको संख्या अत्याधिक भएको र वैदेशिक रोजगार विभागको संरचनाले म्यानपावर कम्पनीको निरिक्षण, नियमन, अनुगमन, गर्न नसकिएकाले तत्काललाई म्यानपावर दर्ता गर्न रोक्का गरिएको थियो ।

त्यसपछि उक्त मितिमा भएको निर्णय र ०६८ भदौ १५ को पत्र बदर गरी इजाजत दिने निर्णय जारी गरि पाउँ भनि सर्वोच्च अदालतमा रिट प¥यो । उक्त रिट उपर सर्वोच्चले वैदेशिक रोजगार ऐन २०६४ र नियमावली को प्रक्रिया पुरा गरी दिनु भनि आदेश फैशला भएको थियो ।

अदालतको फैशलामा सबैलाई ईजाजत दिनु वा ऐन नियमको प्रक्रिया, कागजात पुरा नगरी ईजाजत दिनु भन्ने आदेश फैसला नभएको तर विभागले कानूनी व्यवस्था विपरित नै इजाजतपत्र दिइरहेको संघको आरोप छ ।

विभागमा हालसम्म १ हजार ७० भन्दा बढी म्यानपावर दर्ता भईसकेका छन् । पछिल्लो समय म्यानपावर दर्ता गर्ने र केही बढी रकममा विक्रि गर्ने क्रम पनि व्यापक भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?