प्रचण्डकी नातिनी स्मिताको पहिलो गीत एकै दिनमा ७ लाख भ्यु !!
सारांश
- कार्टुन्ज क्रुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
- स्मीता दाहालको नयाँ गीतमा कार्टुन्ज क्रुका सरोज र आश्माले अभिनय गरेका छन्।
- स्मीता पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी (प्रचण्डकी छोरी गंगाकी छोरी) हुन्।
कार्टुन्ज क्रुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। स्मीता दाहालको नयाँ गीतमा कार्टुन्ज क्रुका सरोज र आश्माले अभिनय गरेका छन्। स्मीता पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी (प्रचण्डकी छोरी गंगाकी छोरी) हुन्।
‘मायालु तिमी कता छौ…’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीले स्वर दिएका छन्। दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ। उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
वर्षाका कारण कोठा डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य भिडियोमा छ। धेरै मानिस पीडित भएको बाढीजस्तो गम्भीर विषयलाई पनि हलुका मनोरञ्जनको विषय बनाइएको भन्दै नाकारात्मक कमेन्ट पनि युट्युबमा आइरहेका छन्।
म्युजिक भिडियोमा गायिका स्मीता दाहालले पनि पानीमा रुझ्दै नृत्य गरेकी छन्। हेर्नुस् भिडियो
श्रोत : अन्नपूर्ण पोस्ट
प्रतिक्रिया