प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १०, २०७७
|
|
५७ पटक हेरिएको
Shares
प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी

सारांश

  • काठमाडौं, १० मंसिर ।
  • कुनै अप्रत्याशित घटना नभए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्नेछ ।
  • दश दिनका लागि स्थगित भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि छलफल हुने वा संयुक्त दस्तावेज बन्ने निश्चित छैन ।

काठमाडौं, १० मंसिर । कुनै अप्रत्याशित घटना नभए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्नेछ । दश दिनका लागि स्थगित भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि छलफल हुने वा संयुक्त दस्तावेज बन्ने निश्चित छैन । तर, ओलीले एउटै प्रस्ताव हुनुपर्ने बताइरहँदा प्रचण्डले दस्तावेज फिर्ता लिन मानेका छैनन् ।

दश दिनभित्र सहमतिको प्रयास भएपनि बन्न सकेको छैन । अब तीन दिन समय बाँकी छ । यसबीच पनि सहमति बनेन भने सचिवालय बैठक सार्ने या दुवै दस्तावेजमाथि छलफल गरी टुंगोमा पुग्ने बाहेक विकल्प छैन । फरक दस्तावेजमाथि छलफल भई टुंगोमा पुग्दा जसको दस्तावेजमा बहुमत हुन्छ त्यसकै जीत हुन्छ । आरोप प्रत्यारोपको दुई दस्तावेजमा ओलीको दस्तावेजमा बहुमत जुटेमा प्रचण्डको हार हुन्छ । यस्तो बेला उनले अध्यक्षबाट राजीनामा दिनुपर्ने नैतिक दबाब पर्न सक्छ । ओलीको दस्तावेज अल्पमतमा परेर हार भएमा उनले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने दबाब पर्न सक्छ । त्यसैले अवस्था निकै जटिल बन्दै गएको छ ।

सहमति बनाउन ओलीले विश्वासपात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डनिवास खुमलटार पठाएको पठायै छन् । ज्ञवालीले मङ्गलबार विहानै प्रचण्डसँग भेटेर सहमतिको बिन्दुबारे कुराकानी गरे । तर, कुनै निष्कर्ष निस्किएन ।

नेकपाभित्र अबको सचिवालय बैठकका लागि ओली, प्रचण्ड, माधव नेपालको आ आफ्नो तयारी छ । ओलीले विश्वासपात्रहरुसँग भेटेर विकल्पसहित छलफल गरिसकेका छन् । उनले शनिबार काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर तरंग ल्याइदिइसकेका छन् । देउवासँग सत्ता समिकरणका लागि छलफल गरेको विषयले प्रचण्ड र नेपाललाई झस्काएको छ ।

प्रचण्ड र माधव नेपालले आन्तरिक तयारीका लागि भेटघाट तिव्र पारेका छन् । उनले नेकपा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसँग संयुक्त भेटघाट गरे । भेटमा भावी रणनीतिबारे कुराकानी भएको बुझिएको छ । खनाल र गौतमले अब कसरी बढ्ने भन्नेबारे गम्भीर छलफल गरेका थिए ।

हिजो साँझ वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले साँझ छलफल गरे । उक्त भेटमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । नेपालले टसमस नभई अगाडि बढ्नेबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर जानुपर्ने लाइन स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धि गणेशको खटजात्रा सम्पन्न
सिद्धि गणेशको खटजात्रा सम्पन्न
पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड
पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
तिमिल्सिना ले गरे पहिलो उम्मेद्वारि दर्ता ।
तिमिल्सिना ले गरे पहिलो उम्मेद्वारि दर्ता ।
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब क्रृण प्रवाह
कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब क्रृण प्रवाह
न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)
राजेश हमालले यसरी पूरा गरे विजयकुमारसँग गरेको वाचा (भिडियो)