प्रचण्डलाई काठमाडौँ किन जंगल जस्तो लाग्न थाल्यो?
सारांश
- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं आफूलाई जंगलजस्तो लाग्न थालेको बताएका छन् ।
- दाहालले आफूहरु एक्लो हुँदै गएको र समूहमा भएर पनि किन कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
- पार्टी एकता भए पनि ठूलो पार्टी्भित्र एक्लैजस्तो महसुस भैरहेको बताए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं आफूलाई जंगलजस्तो लाग्न थालेको बताएका छन् । दाहालले आफूहरु एक्लो हुँदै गएको र समूहमा भएर पनि किन कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
पार्टी एकता भए पनि ठूलो पार्टी्भित्र एक्लैजस्तो महसुस भैरहेको बताए । कार्लमार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले एक्लो भएको बताएका हुन् ।
‘६र७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं । तर हामी किन हिम्मत हार्दैछौं? किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं,’ उनको भनाइ छ ।
हिजो जंगलमा हुँदा पनि जंगलमा भएजस्तो अनभूति नभएको बताए । ‘अहिले काठमाडौंमा लाखौं मानिसबीच हुँदाचाहिँ जंगलजस्तो एक्लो महसुस हुन थालेको छ । अहिले के विचित्र भइरहेको छ?’ उनले भने ।
‘कार्लमार्क्सले जिन्दगीभर संघर्ष गर्नुभयो, घर थिएन, गाडी थिएन जिन्दगीभर दुःख गर्नुभयो । हामीसँग अहिले घर छ, गाडी छ । कता हरायौं ? हाम्रो ऊर्जा र संकल्प कहाँ गयो ? हाम्रो गल्ती यहीनेर छ, सच्याउनुपर्छ,’ अध्यक्ष दाहालले भने ।
प्रतिक्रिया