अबदेखि सातै प्रदेशबाट स्मार्ट लाइसेन्स
सारांश
- सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अव प्रदेश कार्यालयबाट नै पाइने भएको छ ।
- यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ ।
- विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुुरु गरेको हो ।
सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अव प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ ।
विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुुरु गरेको हो ।
प्रदेशबाट लाईसेन्स बाँड्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउँदै विभागका महानिर्देशक लावण्यकुमार ढकालले भने, हामीले आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ, कुन तहबाट वितरण गर्ने र केन्द्रिय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।
आजको नेपाल समााचारपत्रमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया