प्रतिक्षाको घडी समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
प्रतिक्षाको घडी  समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज

सारांश

  • काठामाडौँ, १६ साउन ।
  • नेपालले नेदरल्याण्ड विरुद्धको ऐतिहासिक एकदिवसिय क्रिकेट आज खेल्दैछ ।
  • खेल नेपाली समय अनुसार दिउसोको २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा हुनेछ ।

काठामाडौँ, १६ साउन । नेपालले नेदरल्याण्ड विरुद्धको ऐतिहासिक एकदिवसिय क्रिकेट आज खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसोको २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा हुनेछ । दुई खेलको उक्त शृङ्खलाको दोस्रो खेल भने शुक्रबार हुनेछ ।

नेपालले गएको चैत्रमा सम्पन्न विश्वकप छनौट प्रतियोगितामा हङ्कङ् र पपुवा न्यू गिनीलाई हराउँदै एकदिवसिय मान्यता पाएको थियो । भने नेदरल्याण्डले २०१५ देखि २०१७ सम्म चलेको विश्व क्रिकेट लिगको विजेता बन्दै एकदिवसिय राष्ट्रको सूचीमा आफ्नो नाम सुरक्षित गरेको थियो ।

कस्तो बनेको छ नेपाली ऐतिहासिक टोलि ?


एकदिवसिय मान्यता पाएर नेपाली टोलि फर्केपछि धनगढि प्रिमियर लिग र प्रधानमन्त्री कप गरी दुई ठूला घरेलु प्रतियोगिता भए । जसबाट थुप्रै प्रतिभावान खेलाडि पनि बाहिर आए । भने केही पुराना खेलाडीले पनि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर प्राप्त गरे । तर अहिले नेदरल्याण्ड प्रस्थान गरेको टोलि भने केही महिना अघि डिभिजन २ र विश्वकप छनौट खेलेको टिम भन्दा खासै फरक छैन । बन्द प्रशिक्षणमा धेरै नयाँ अनुहार देखिए पनि अन्तिम १५ मा उही पुराना खेलाडी हावी हुनु आश्चर्यजनक विषय हो। यसको कारण महत्वपूर्ण खेल भएकाले नयाँ अनुहारमाथि कप्तान र प्रशिक्षकले जोखिम नमोलेको पनि हुन सक्छ । टोलिमा सुवाषले दुई वर्षपछि कमब्याक गरेका छन् । जो धेरै समर्थकका लागि खुशीको कुरा पनि हुन सक्छ । तर यस अघि खेलिएका ४ अभ्यास खेलमा भने उनले खासै राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् ।

‘प्लेयर टु वाच’

पारस खड्का


पारस यो पटक मात्र होईन नेपालको हरेक खेलमा उतिकै महत्वपूर्ण खेलाडीका रुपमा रहन्छन् । उनको कप्तानीमा नेपाल डिभिजन ५ देखि १ सम्म आएको छ । पारस २०१८ को सुरुवात देखि नै उत्कृष्ट लयमा देखिएका छन् । उनले फेब्रुअरिमा भएको डिभिजन २ प्रतियोगितामा एक सतक र दुई अर्धसतक सहित प्रतियोगिता कै सर्वाधिक रन प्रहार गरेका थिए । भने विश्वकप छनौट खेलमा पनि अफगानिस्तान र स्कटल्याण्ड विरुद्ध अर्धसतकिय पारि खेलेका थिए, भने केही दिन अघि भएको अभ्यास खेलमा पनि १ सय ६१ रनको उत्कृष्ट पारी खेलेका थिए । उनी एक राम्रा अलराउन्डर भएपनि पछिल्लो समय विशेष ध्यान ब्याटिङमा केन्द्रित गरेका छन् । यस शृङ्खलाका दौरान पनि सधैँ झैँ उनीबाट निकै आशा गरिएको छ । र यो पनि तय छ कि विपक्षि टिमले चिरपरिचित प्रतिद्वन्द्वीको सबैभन्दा भरपर्दो खेलाडीको लागि केही न केही रणनीति पक्का बनाउनेछ ।

सन्दिप लामिछाने


सन्दिप पछिल्लो समय आईपिएल लगाएतका विभिन्न ठूला विदेशी क्रिकेट लिग खेलिरहेका छन् । जहाँ उनले ठूला ठूला खेलाडीसँग खेले र धेरै कुरा सिक्ने मौका पनि पाए । त्यो सबै कुरा आज काम लाग्नेछ । यस्तोमा टिमले र सारा समर्थकले सन्दिपबाट ठूलो अपेक्षा राख्नु स्वभाविक हो । पछिल्लो समय सन्दिपले विश्वको ध्यान खिचिरहेका बेला विपक्षि टिमले कमजोर आँक्ने गल्ती गर्ने छैन ।

अनिलकुमार शाह


नेपालको ओपनिङ जोडी नटिकिरहेको अवस्थामा अनिल मात्र यस्ता विकल्प हुन् जो सुरुदेखि खेलको आधा ओभर सकिँदासम्म क्रिजमा डटेर बस्न सक्छ । पछिल्ला केही अन्तर्राष्ट्रिय खेलमा आफूलाई प्रमाणित गर्न नसके पनि घरेलु प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गरेपछि उनी टिममा परेका हुन् । उनी विकेट किपर ब्याट्सम्यानका साथै पार्ट टाईम बलर पनि हुन् । विपक्षिले खासै चासोको विषय नठान्दा अनिल एक सप्र्राईज प्याकेज हुन सक्छन् विपक्षिका लागि । र धेरै आस पनि रहनेछ उनको टिमलाई उनीबाट ।

ज्ञानेन्द्र मल्ल


ज्ञानेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार असफल भैरहेका बेला यो उनका लागि लयमा फर्केने राम्रो अवसर हुनसक्छ । केही खेलमा राम्रो गर्न नसके पनि विपक्षि टोलि उनको स्तरिय ब्याटिङ्सँग परिचित छ ।
यी बाहेक पनि आरिफ शेख, रोहित पौडेल, दिपेन्द्र ऐरी र ललित राजवंशी जस्ता युवा खेलाडी पनि यो शृङ्खलाका लागि महत्वपूर्ण सावित हुनेछन् ।

ऐतिहासिक एकदिवसिय खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?