प्रतिक्षा ऐतिहासिक खेलको

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रतिक्षा ऐतिहासिक खेलको

सारांश

  • काठमाडौँ, १५ साउन ।
  • नेपाली क्रिकेट टोलि आफ्नो पहिलो ऐतिहासिक एकदिवसिय क्रिकेट शृङखलाका लागि नेदरल्याण्ड प्रस्थान गरेकाे छ ।
  • दुई खेल खेलिने उक्त शृङ्खला अगस्त १ र ३ मा हुनेछ ।

काठमाडौँ, १५ साउन । नेपाली क्रिकेट टोलि आफ्नो पहिलो ऐतिहासिक एकदिवसिय क्रिकेट शृङखलाका लागि नेदरल्याण्ड प्रस्थान गरेकाे छ । दुई खेल खेलिने उक्त शृङ्खला अगस्त १ र ३ मा हुनेछ ।

महिनौँ देखि यो खेलको प्रतिक्षामा रहेका नेपाली क्रिकेट समर्थक यतिबेला निकै उत्साहित देखिन्छन्। एकदिवसिय मान्यता पाएको केही दिनमा आइसिसिले नेपालको पहिलो एकदिवसिय शृङ्खला तय गरेको थियो । त्यतिबेला देखि नै यो दिनको सबैलाई प्रतिक्षा रहेको थियो ।

नेदरल्याण्डले यस अघि पनि एकदिवसिय मान्यता पाएको थियो भने नेपालको यो पहिलो पटक हो। यस्तोमा नेपाली टोलि नेदरल्याण्डलाई हराएर आफ्नो ऐतिहासिक एकदिवसिय यात्राको सुखद सुरुवात गर्ने सुरमा रहनेछ ।
यसअघि नेपाल र नेदरल्याण्डले इंल्याण्डको लर्डसमा एमसिसिसँग त्रिकोणात्मक टि–ट्वान्टि शृङ्खला खेलेका थिए । जसको निर्णाएक खेल वर्षाका कारण हुन नसकेपछि उपाधि नेपाल र नेदरल्याण्डले बाँड्नु परेको थियो ।


नेदरल्याण्डले २०१५ देखि १७ सम्म चलेको विश्व क्रिकेट लिगको उपाधि जितेर एकदिवसिय मान्यता पाएको थियो भने नेपालले २०१९ विश्वकप क्रिकेट छनौट खेलको आठौँ स्थानमा रहँदै एकदिवसिय मान्यता पाएको थियो । दुवै देशको मान्यता आउने ४ वर्षसम्म रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?