आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
सारांश
- काठमाडौँ ।
- नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
- सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेको हो ।
काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ६५० तोकिएको छ ।
यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने स्थिर रहेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया