आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका छन्।
  • बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिनेहरुले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका हुन्।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका छन्।

बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिनेहरुले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका हुन्।

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने उल्लेख गरे। उनले जातीय द्वैष फैलाउँदै समाजलाई बिभाजन गर्ने षडयन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे।

त्यस्तै अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिलाई मुलधारमा ल्याउने अथक प्रयासमा रहेको बताए। उनले दुईतिहाई नजिक पुर्‍याएको कम्युनिष्ट आन्दोलनलाई विदेशी शक्तिको इशारामा पार्टीभित्रकै मान्छेले ध्वस्त पार्ने काम गरेको भन्दै एमाले राष्ट्रप्रतिको इमान्दारीतामा कहिल्यै नबिक्ने जिकिर गरे।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?