प्रतिनिधिसभा बैठक : विषादीयुक्त फलफूल तरकारीको आयात रोक्न माग
सारांश
- काठमाडौं।
- प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन्।
- बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाए।
काठमाडौं। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन्। बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाए।सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलफूल तथा तरकारी आयात रोक्न आग्रह गरे। सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न माग गरिन्।सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिराबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरे। उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरे।
सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुने गरी बाटोघाटो निर्माण रोक्नुपर्ने सुझाव दिए भने कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको तर्क दिए। सांसद कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमीकरण बन्दै गएकामा चिन्ता व्यक्त गरे। सांसद उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको आरोप लगाइन्। सांसद खेमप्रसाद लोहनीले सीतापाइला –धार्के सडक तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
यो पनि पढ्नुहोस्
‘विषादीयुक्त तरकारी :जनताको स्वास्थ्यको ख्याल गरियोस’
काठमाडौं। भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण भारतको दबावका कारण रोकिएको भन्दै सर्वत्र विरोध भइरहेको छ।भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सत्तारुढ नेकपाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका थिए । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए ।प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताएका थिए ।सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकको प्रारम्भमै उनले भनिन्, “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निणर्य किन फिर्ता लियो रु विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइयोस्, जनताको स्वास्थ्यको ख्याल गरियोस्। ”त्यसैगरी सडकमा नेविसंघले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण नरोक्न भन्दै प्रदर्शन गरेको छ ।भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण नरोक्न माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुले प्रदर्शनीमार्गमा तरकारीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले राष्ट्रवाद कता हरायो, विषादीयुक्त तरकारी नल्याउ, तरकारीमार्फत् जनतालाई विष खुवाउने कार्य बन्द गर आदि नारा लेखेका प्लेकार्ड बोकेका थि ।राष्ट्रियसभाको आज बसेको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा एक वर्ष लाग्ने बताएका छन्।फलफूल र तरकारीमा ६ महिनाका लागि विषादी परीक्षण नगर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेका बेला कृषि मन्त्री खनालले एकीकृत विषादी परीक्षणको सुरुवात गर्न कम्तिमा एक वर्ष लाग्ने बताए।
प्रतिक्रिया