प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
३६ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
  • “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

“केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए । प्रमुख सचेतक परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाएका थिए ।

सामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराएका थिए । तर रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?