सियारीका २५० घरधुरी जग्गाधनी पुर्जा वितरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सियारीका २५० घरधुरी जग्गाधनी पुर्जा वितरण

सारांश

  • लुम्बिनी ।
  • रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका दुई सय ५० घरधुरीलाई आज जग्गाधनी पुर्जा वितरण गरेको छ ।
  • नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले वडा न।

लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका दुई सय ५० घरधुरीलाई आज जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले वडा न। २, ४ र ५ का २ सय ५० घरधुरीलाई पुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले लामो समयको पहल र मेहनतपछि सियारीवासीले पुर्जा प्राप्त गरेको बताए ।

विस २०२५ सालमा नापीमा छुटेका तर शुरु नापी हुदाँदेखि नै जोगभोग गरे पनि पुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा एक हजार आठ सय गाउँँ ब्लकको नापी भएकामध्ये एक हजार एक सय ५० गाउँ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए । उनले सियारीमा एक सय १५ गाउँ ब्लकमध्ये अब ३५ बटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पुर्जा वितरण गर्न बाँकी रहेकाको पनि छिट्टै नै वितरण गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
‘साँस्कृतिक झिल्कोले प्रज्वलित गर्नुपर्छ’ : कुलपतिको सपथ
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’
मन्त्रीमण्डल पुनर्गठनमा ओली र प्रचण्डको आ-आफ्नै अडान
मन्त्रीमण्डल पुनर्गठनमा ओली र प्रचण्डको आ-आफ्नै अडान
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
एसिया कप छनाेटः नेपालकाे ५० रन पुरा, सागर अाउट दिपेन्द्र इन !
एसिया कप छनाेटः नेपालकाे ५० रन पुरा, सागर अाउट दिपेन्द्र इन !
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको ‘सुपर सिक्स’ मा
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका
यि हुन फेसबुकमा ४३ लाख फ्लोअर भएकी विश्वकै ‘सुन्दर’ बालिका
रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !
रहबर सरावगीका ‘डमी’ उम्मेदवार हुन् !