मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा

सारांश

  • काठमाडौं, २५ जेठ ।
  •   पछिल्लो समयका व्यस्त गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ।
  • सार्वजनिक उक्त गीतमा विनोद शर्मा ‘सानुभाई’को शब्द रमेश कडरियाको संगीत रहेको छ।

काठमाडौं, २५ जेठ ।  पछिल्लो समयका व्यस्त गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ।

सार्वजनिक उक्त गीतमा विनोद शर्मा ‘सानुभाई’को शब्द रमेश कडरियाको संगीत रहेको छ। गीतको एरेन्जर फडिण्द्र राई हुन्। 

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेशनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ।


राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्राेन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन्।

शुक्रबार युट्युव च्यानल ‘त्रिकोण क्रिउ मिडिया’ बाट ‘मेटिन्न तिम्रो तस्विर’ बोलको गीत रिलिज गरिएको हो।

हेर्नुहोस् भिडियो 

https://www.youtube.com/watch?v=IYQKoNeHyuI

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?