यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
६४ पटक हेरिएको
Shares
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला

सारांश

  • कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ ।
  • यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ ।
  • यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ ।

कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ । यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो अनुहारको धुलो, पसिना, तैलीय पदार्थलाई सफा पानीले धुनुपर्छ । गर्मीमा तुलसी या निमयुक्त फेसवास सबैभन्दा बढी उपयुक्त हुन्छ । यसले अनुहारको धुवाँधुलो हट्नुका साथै अनुहारका दागधब्बा पनि हट्छ।

अनुहारलाई सफा गरिसकेपछि गुलाबजल लगाउन सकिन्छ । यसले छालालाई निखार दिन्छ, ताजा महसुस गराउँछ र शितलता प्रदान गर्छ । गुलाबजलले छालामा रक्तसन्चार प्रवाहलाई नियमित गर्न मद्धत गर्छ र चमकता प्रदान गर्छ।

गर्मीका बेला तातो तथा आर्द्रतायुक्त मौसममा म्याट मोस्चराइजर सबैभन्दा बढी उपयुक्त मानिन्छ । यदि घरबाहिर निस्कनु छ भने सनस्क्रीनको उपयोग गर्न सकिन्छ । तैलीय छालाका लागि आयल फ्री सनस्क्रीन पनि बजारमा पाइन्छ । गर्मीमा सातामा दुई या तीनपटक फेसियल स्क्रब प्रयोग गर्न सकिन्छ । फेसियल स्क्रबले छालाबाट मरेका कोशिकालाई हटाउन मद्धत मिल्छ र छालाको गहिरो सफाई हुन्छ । यसबाट छालामा चमक तथा निर्मलता आउँछ।

छालामा पोषकयुक्त क्रिम (नरिसिङ क्रिम) लगाएर हल्का हल्का चारैतिर गोलाकार स्वरुपमा मालिस गर्नुपर्छ । मसाजको ३–४ मिनेटमा सफा पानीले पूरै धुनुपर्छ । गर्मीमा साताको दुईपटक फेस मास्कको उपयोग गर्नुपर्छ । फेस मास्कलाई ओठ तथा आँखाको नजिकको क्षेत्र छाडेर अनुहारमा पूरै लगाउनुपर्छ । सुकेपछि यसलाइ धुनुपर्छ।

आफ्नो मेकअपमा ताजगी ल्याउनका लागि ह्याण्डब्यागमा केही सौन्दर्य सामग्री जरुर राख्नुपर्छ । गर्मीमा सुगन्धित चिसो टिस्यु स्फूर्तिदायक साबित हुन्छ । यो बजारमा सजिलै उपलब्ध हुन्छ । यसलाई छाला सफा गर्न र पसिनाको दुर्गन्ध सफा उपयोग गर्न सकिन्छ।

सुगन्धित पाउडर पनि लाभदायक र असरदायक मानिन्छ । पहिला टिस्युले छाला सफा गर्नुपर्छ र पछि पाउडर लगाउनुपर्छ । यसबाट तैलीय छालाको समस्याबाट मुक्ति मिल्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन
उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन
सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि
सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा
भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
सबै राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुन्छ : प्रचण्ड
सबै राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुन्छ : प्रचण्ड
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
अमेरिका र अस्ट्रेलियाको राजदूत बन्‍न हानथाप
अमेरिका र अस्ट्रेलियाको राजदूत बन्‍न हानथाप