२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
१४
|
४४ पटक हेरिएको
Shares
२ नम्बर प्रदेशमा नेकपा र फोरमबीच सरकार गठन तयारी, राष्ट्रिय जनता पार्टी ‘आउट !

सारांश

  • काठमाडौं , १४ जेठ ।
  •   उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हुन्छ भन्ने चासोको बिषय बनेको छ ।
  • यादव नेतृत्वको फोरम दुई मन्त्रालयसहित केन्द्रीय सरकारमा जान आज प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ बुँदे सहमति भएको छ ।

काठमाडौं , १४ जेठ ।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हुन्छ भन्ने चासोको बिषय बनेको छ ।

यादव नेतृत्वको फोरम दुई मन्त्रालयसहित केन्द्रीय सरकारमा जान आज प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ बुँदे सहमति भएको छ ।

ओली, प्रचण्ड र यादबबीच आज करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ ।

यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।

ओली, प्रचण्ड र यादबबीच भएको सहमतिमा फोरमलाई दुई मन्त्रालय सहमति भएको छ । खबरडबलीलाई बालुवाटार स्रोतबाट प्राप्त जानकारीअनुसार शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय फोरमलार्इ दिने सहमति भएको छ । जसमा शहरी विकास मन्त्रालयको नेतृत्व उपेन्द्रले गर्दैछन् भने स्वास्थ्य मन्त्रालयमा को आउने भन्ने फोरममा सहमति हुन सकेको छैन् ।

२ नम्बर प्रदेशमा के हुन्छ ?
फोरमले केन्द्रीय सरकारमा जाने सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चासोको बिषय बनेको छ । हिजो मात्रै प्रदेश २ को सरकारलाई नेकपाले दिएको समर्थन फिर्ता गरेको छ । नेकपा र फोरमबीच अहिले २ नम्बर प्रदेशमा कसरी सरकार सञ्चालन गर्ने भन्नेबारे गृहकार्य चलिरहेको छ । नेकपा र फोरम मिलेर सरकार बनाउने र राष्ट्रिय जनता पार्टीलाई ‘आउट’ गर्नेसम्मको तयारी छ ।

२ नम्बर प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री लालबाबु राउत फोरम नेतासमेत हुन् । नेकपाका एक नेताले खबरडबलीलाई दिएको जानकारीअनुसार राउतलाई मुख्यमन्त्रीबाट फोरमले फिर्ता बोलाउन पनि सक्छ । नाम नखुलाउने सर्तमा फोरमका एक नेताले खबरडबलीसँग भने ‘मुख्यमन्त्री राउतसँग प्रधानमन्त्री ओली जी लाई काम गर्न असजिलो भएको छ, त्यसैले फोरमले राउतलाई फिर्ता पनि बोलाउन सक्छ । तर के गर्ने भन्नेबारे एकिन भइसकेो छैन् । फोरमभित्र भने बहसको बिषय बनिरहेको छ । प्रधानमन्त्री ओली र राउतबीच यसअघि नै विवाद छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएदेखि नै विवाद भएको हो । त्यहि विवादकाबीच अमेरिका जान ठिक्क परेका राउतलाई केन्द्रीय मन्त्रीपरिषद्बाट स्वीकृत पनि दिइएको थिइएन ।

फोरम केन्द्रीय सरकारमा गएपछि राजपालाई पनि नैतिक संकट परेको छ ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    JN Marasini

    Dui nambar ma pani nekapale kabja garnu parx ?

    Comment Author

    Gautam Shrivastav

    Congratulations all the very best and good luck

    Comment Author

    Krishna Thapa

    good

    Comment Author

    Shyam Shubham Giri

    सरकार गिराऊने काम को सूरूवात भयो यसले जनतामा राम्रो संदेश जाँदैन

    Comment Author

    Babu Ram Paudel

    Good News

    Comment Author

    Pancha Mandupa

    Nirnaye sahi xa safal hos !

    Comment Author

    Krishna Paudel

    Rajapa lai sabak t sikaunai par6.yo ati sahi sedition ho party ko

    Comment Author

    Deepak Timalsina

    good news…यो बिहारिहरुलाइ out गर्नु पर्छ ।

    Comment Author

    Sobit Khadka

    Good

    Comment Author

    Shamir Ghatane

    good

    Comment Author

    Oli Liladhar

    good

    Comment Author

    Ganesh Chand

    खाउ खाउ

    Comment Author

    Uma Chaudhary

    Jata ladu payiachha utai jau ahile ko samay le tehi sandes diyeko chha

    Comment Author

    Kiran Raj Joshi

    Congratulations!! Hopefully getting better political situation for country development rapidly.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?