एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
१८ पटक हेरिएको
Shares
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)केन्द्रीय स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने भएको छ ।
  • स्कुल विभाग प्रमुख एवं पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकले अहिले समाजमा देखा परेको राजनीतिक अस्थिरता, अराजकतालाई सही दिशातर्फ लैजानका लागि पार्टी पङ्क्तिलाई वैचारिक रूपमा सबल बनाउनुपर्ने आवश्यकता बोध गर्दै सुरु गरेको प्रशिक्षणलाई घनिभूत रूपमा सञ्चालन गर्नका लागि केन्द्रीकृत रूपमा जिल्ला र प्रदेशका पार्टी स्कुल विभाग प्रमुखहरू बीच दुई दिने कार्यशालाको आयोजना गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । नेकपा (एमाले)केन्द्रीय स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने भएको छ । स्कुल विभाग प्रमुख एवं पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकले अहिले समाजमा देखा परेको राजनीतिक अस्थिरता, अराजकतालाई सही दिशातर्फ लैजानका लागि पार्टी पङ्क्तिलाई वैचारिक रूपमा सबल बनाउनुपर्ने आवश्यकता बोध गर्दै सुरु गरेको प्रशिक्षणलाई घनिभूत रूपमा सञ्चालन गर्नका लागि केन्द्रीकृत रूपमा जिल्ला र प्रदेशका पार्टी स्कुल विभाग प्रमुखहरू बीच दुई दिने कार्यशालाको आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले विभिन्न दलहरू त्यागी नेकपा (एमाले)मा प्रवेश गरेका नेता कार्यकर्ताहरूका लागि अनुशिक्षण कार्यक्रमको आयोजना गर्ने र नियमित स्कुल अन्तर्गत जनसङ्गठनहरूलाई प्रदान गर्दै आएको प्रशिक्षणलाई निरन्तरता दिने निर्णय गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?