प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई

सारांश

  • विराटनगर २०,माघ।
  • प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेश सभाको आज आईतबार देखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् ।
  • आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयल विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लाग्ने जानकारी दिएका हुन्  ।

विराटनगर २०,माघ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेश सभाको आज आईतबार देखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयल विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लाग्ने जानकारी दिएका हुन्  ।मुख्यमन्त्री राइले प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन र दबाबले नहुने पनी स्प्रष्ट पारेका छन।

प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईले चालू अधिवेशनमा प्रक्रियामा रहेका आठ विधेयक समितिमा र चार संसद्मा दर्ता गरिएका जानकारी दिए । मुख्यमन्त्री राईले अत्यावश्यक थप १० विधेयक संसदमा  ल्याउने तयारी भइरहेकाले तेस्रो अधिवेशनमा संसदीय समितिको सभापति चयन गर्ने कार्यसूची रहेको पनि बताए ।

उनले भौगोलिक अवस्था, जनसङ्ख्या र जातीय विविधतालाई ध्यानमा राखेर सबैको भावनालाई कदर हुने हिसाबले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?