प्रदेश नं. २ मा एमाले पहिलो नबने दोस्रो पक्का : माधव नेपाल
सारांश
- एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन र परिमार्जनका एकल नारा उराल्दै आएका राजनीतिक दललाई जनताले जनमतद्वारा उक्त आन्दोलन गलत थियो भन्ने गतिलो सन्देश दिएको बताएका छन् ।
- एकल नाराबाट थाकेर निर्वाचनमा सबै जुट्नु सकरात्कम भएको उनले बताए ।
- मंगलबार इटहरीमा भएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश नम्वर १ स्तरीय भेलामा नेता नेपालले संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनले सकारात्मक सन्देश दिएको बताए ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन र परिमार्जनका एकल नारा उराल्दै आएका राजनीतिक दललाई जनताले जनमतद्वारा उक्त आन्दोलन गलत थियो भन्ने गतिलो सन्देश दिएको बताएका छन् । एकल नाराबाट थाकेर निर्वाचनमा सबै जुट्नु सकरात्कम भएको उनले बताए ।
मंगलबार इटहरीमा भएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश नम्वर १ स्तरीय भेलामा नेता नेपालले संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनले सकारात्मक सन्देश दिएको बताए ।
प्रदेश नम्बर २ मा भइरहेको निर्वाचनको अन्तिम परिणाम आउदा एमाले पहिलो पार्टी हुने र नभए दोस्रो हुने दाबी गरे । उनले भने,‘प्रदेश नं २ मा पनि एमाले पहिलो पार्टी हुन्छ भन्ने पार्टीको सोच थियो । तर जनताले पहिलो पार्टी नबनाए पनि पक्कै दोस्रो हुन्छ । र एमाले मुलुकभर पहिलो हुन्छ ।’
नेता नेपालले स्थानीय तह भौतिक पूर्वाधार निर्माणको हिसाबले निकै मजबुत बन्न सक्ने र हरेक स्थानीय तहको वडामा तीन करोडसम्म विकास बजेट पुग्ने अवस्था सिर्जना भइसकेको बताए ।
प्रदेशका स्थानीय तहमा एमालेको शक्ति सञ्चालनका लागि प्रदेश निर्वाचन पनि एमालेले जित्नै पर्ने अवस्था रहेकाले त्यहीअनुसारले सक्रियता बढाउनु पर्ने बताए ।
प्रतिक्रिया