मोवार्इलको टावर खोज्दै कृष्ण बहादुर !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
मोवार्इलको टावर खोज्दै कृष्ण बहादुर !

सारांश

  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा,१६ वैशाख ।
  • घरमा तिन वटा मोवाइल छ,तर आवश्यक परेको बेला फोन गर्नु पर्यो भने टावर कता आउँछ भनेर डाडा तिर लाग्नुपर्ने वाध्यता रहेको स्थानिय कृष्णवहादुर चौधरीले गुनासो गरे ।
  • कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिका वडा १ जौवावैराठका चौधरीले घरको छानोमा २ वटा मोवाइल झुण्डाएर राखेका हुन्छन ।

माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा,१६ वैशाख । घरमा तिन वटा मोवाइल छ,तर आवश्यक परेको बेला फोन गर्नु पर्यो भने टावर कता आउँछ भनेर डाडा तिर लाग्नुपर्ने वाध्यता रहेको स्थानिय कृष्णवहादुर चौधरीले गुनासो गरे ।

कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउपालिका वडा १ जौवावैराठका चौधरीले घरको छानोमा २ वटा मोवाइल झुण्डाएर राखेका हुन्छन । घरको काम गर्दा एउटा दुइ वटा टावर आए फोन आउँछकि भनेर उनले छानोमा माेवाइल झुण्डाएको वताए ।चौधरीले भने–“फोन गर्नु पर्यो भने डाडा तिर गएर कुरा गर्छु नत्र यहि छानोमा राख्ने गर्दछु”।

सिमा नाका समेत रहेको यो वस्तीमा करिव १ सय ५० घरधुरी रहेका छन । जिल्लाकै पछाडि परेको यो वस्तीमा स्थानियहरु संचारको पहुचवाट टाढा रहदा समेत कसैको ध्यान पुग्न सकेको छैन ।

सोहि गाउमा बस्ने प्रजापती चौधरीले पनि मोवाइलमा टावर नआउदा समस्या हुने गरेको वताए । धेरै पटक विभिन्न व्यक्तिलाई आग्रह गर्यो तर कसैले वास्ता नगरेको उनले वताए ।चौधरी समुदायको वाहुल्यता रहेको उक्त वस्ति अहिले स्थानिय तहले होमस्टे संचालन गर्नको लागि कामलाई तिव्रता दिएको छ ।

गाउँमा पुग्न सडकको समस्याले गर्दा यस क्षेत्रमा विकास हुन नसकेको स्थानिय वुद्धीजिविहरुको भनाई छ । बर्खाको समयमा वजार जान विद्यालय जान समेत नसक्ने भएकोले यस गाउमा विकासको आवश्यता रहेको छ । विजयनगर गाउपालिकाले यस वर्ष यहि गाउँको विकास तथा होमस्टे संचालनको लागी २० लाख वजेट छुटाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले वताए ।

गाउँपालिका र साझेदारी वन विच समन्वयन नहुँदा गाउँमा विद्युतिय पोल मात्र रहेका छन स्थानिय विद्युतको पहुच वाट वाहिरीनु परेको छ ।

गाउँलेहरु अहिले अन्धकारमा वस्न वाध्य रहेका छन । विभिन्न समयमा पहल गरेपनि सुनुवाइ नभएपछी स्थानियहरुले सरोकारवाला निकायहरुलाई संचारको पहुँच सम्म पुर्याउन आग्रह गरेका छन ।

गाउँपालिकाले होमस्टे संचालन गरिरहदा गाउँमा संचारको पहुँच नपुन्नु दुखद कुरा रहेको छ । यस गाउँका स्थानियहरु टुकी वालेर बस्न वाध्य छन । विभिन्न समयमा साझेदारी वन सँगको विवादले गर्दा विद्युत आउन नसकेको स्थानिय प्रजापती चौधरीको भनाइ रहेको छ । उनले भने –“गाउँमा विद्युत छैन सवै अन्धकारमा वस्नु परेको छ हामि त ठिकै छौ नानी बाबुलाई पढ्न धेरै समस्या रहेको छ” ।

गाउँमा होमस्टे संचालनकालागी  शनिवार नेपाल सरकारका संघिय मामीला तथा स्थानिय प्रशासन मन्त्रि लालबाबु पण्डीतले सिलान्यास गरेका छन । गाउँलेले गाउँमा पुग्न आवश्यक पुल र विद्युत पुर्याइदिन मन्त्रि पण्डीत सँग माग राखेका छन ।

गाउँमा विद्युत नपुग्नु वाहिरि रहस्य रहेको छ । गाउपालिका र वनको असहमतीले गर्दा स्थानियलाई सास्ती खेप्नु परेको छ । गाउपालिकाले गरेको कामलाई वनले विरोध गरेको र अव वन सँग सहकार्य गरेर अघि वढ्ने गाउँपालिकाका प्रमुख गोपाल थापाले वताए ।

विद्युतको लागी बजेट पनि छुट्टयाएको र अव छिट्टै गाउमा विद्युत पुर्याउने थापाको भनाइ रहेको छ । गाउँपालिकाले मनोमानि ढङगले साझेदारी वन सँग समन्वयन नगरी काम गर्दा विवाद निस्किएको गौतम वुद्ध साझेदारी वन समितिका अध्यक्ष जानकी यादवले वताए । गाउँमा विद्युत पुर्याउनुपर्ने जिम्मा आफ्नो पनि रहेको वताउदै गाउपालिकाले सहकार्य गर्न चाहेमा वस्तीमा विद्युत पुग्ने यादवले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?