पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना

सारांश

  • काठमाडौं, माघ २०।
  • पूर्वगृहमन्त्री जनार्दन शर्माको छोरा र चालक सवार गाडी दुर्घटना भएको छ ।
  • गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको हो ।

काठमाडौं, माघ २०। पूर्वगृहमन्त्री जनार्दन शर्माको छोरा र चालक सवार गाडी दुर्घटना भएको छ । गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको हो । तर त्यो गाडीमा शर्मा भने थिएनन् ।

शर्माको छोरा प्रकाश शर्मा र चालक आज बिहान तरकारी किन्न जावलाखेलस्थित जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ ।

गाडी दुर्घटनाको कारण भने खुलेको छैन । शर्माको खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यको लागि प्रयोग हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?