गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह

सारांश

  • काठमाडौँ,१५ पुस ।
  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन ।
  • नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उनले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताए।

काठमाडौँ,१५ पुस । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उनले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताए।

उनले भने, “सञ्चार क्षेत्रमा लागेका सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन । विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिनुस्, जहाँ जहाँ परे पनि परोस् । भएका कमीकमजोरीबारे लेखिएमा धन्यवाद दिन्छौँ तर सत्यसित कुनै साइनो नभएका समाचार सम्प्रेषण गरिनु निन्दनीय हो । यस्तो नहोस् ।”

उपप्रधानमन्त्री पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन।

मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भएर सङ्घीय प्रणाली लागू भएको र वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएर सबै तहमा सत्ताको नेतृत्व गरिरहेको स्थितिमा यसलाई सामान्य सरकार परिवर्तनको विषयका रुपमा नलिन आग्रह गर्दै उनले नयाँ चुनौतीको सामना गर्न तथा संविधानका राम्रा कुरा कानून र संरचना बनाएर कार्यान्वयनमा जाने सवालमा सहयोग गर्न आग्रह गरेका थिए ।

सञ्चार माध्यमलाई सरकार र पार्टी नेकपाका तर्फबाट उपलब्ध हुनुपर्ने सूचना र अन्य सहयोगका लागि आफूहरु तयार रहेको पनि उनले स्पष्ट पारे । कार्यक्रममा पत्रकार आचारसंहिता र डिजिटल पत्रकारिताबारे छलफल गरिनुका साथै शाखाको साधारणसभाको बन्द सत्र सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
द लाखे ब्याण्डको मालश्री धुन
द लाखे ब्याण्डको मालश्री धुन
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही जेलमा
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही जेलमा
जुकरबर्गले मस्कको केज फाइट बारे भने-ठेगना पठाउनु होस्
जुकरबर्गले मस्कको केज फाइट बारे भने-ठेगना पठाउनु होस्
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु
डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु
डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?