घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय

सारांश

  • काठमाडाैं।
  • नेकपा माओवादी केन्द्रले घोषित मितिमा निर्वाचन गर्न पार्टीका तर्फबाट सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ।
  • पार्टी कार्यालय पेरिसडाडामा सोमबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्ने र त्यसका लागि सम्बन्धीत पक्षसंग छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

काठमाडाैं। नेकपा माओवादी केन्द्रले घोषित मितिमा निर्वाचन गर्न पार्टीका तर्फबाट सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाडामा सोमबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्ने र त्यसका लागि सम्बन्धीत पक्षसंग छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

निर्वाचनमा जाने बिषयमा सवै दलहरुको सहमति रहेको र माओवादीको पनि चूनावमा नै जोड रहेको उनको भनाइ छ। उनले निर्वाचनले मात्रै संविधान र व्यवस्थालाई जोगाउने भएकाले निर्वाचन गर्नुकुरालाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उल्लेख गरे।

बैठकमा समाजवादी मोर्चा विस्तार र एजेण्डा मिल्नेहरुसँग पार्टी एकताको विषयमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले जानकारी गराएका थिए। पार्टी एकताको सम्बन्धमा बृहत र सकारात्मक छलफल भइरहेको प्रवक्ता सापकोटाले बताए। त्यस्तै बैठकले राहत उद्दारमा संलग्न पार्टीका सवै पङ्तीलाई धन्यवाद दिदै राहत पुनर्निर्माणमा लाग्न आव्हान गरिएको उनले बताए।

माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनपछि पुनः बस्ने र बिशेष महाधिवेशन लगाएत पार्टीको आन्तरिक बिषयमा छलफल हुने माओवादीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
विश्वकपमा ४८ देश सहभागी हुन पाउने
विश्वकपमा ४८ देश सहभागी हुन पाउने
‘म त होइन तिम्रो’ चर्चामा  (भिडियोसहित)
‘म त होइन तिम्रो’ चर्चामा (भिडियोसहित)
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
क्रिकेट मैदानमा वम विस्फोट, ८ को मृत्यु ४५ घाइते
क्रिकेट मैदानमा वम विस्फोट, ८ को मृत्यु ४५ घाइते
३३ किलो सुन प्रकरण: कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म
३३ किलो सुन प्रकरण: कुरा पुग्यो पूर्वगृहमन्त्रीसम्म
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद
यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद
मन्त्री महासेठकाे अर्काे चर्तिकला !
मन्त्री महासेठकाे अर्काे चर्तिकला !

तपाईंले छुटाउनुभयो कि?