नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
सारांश
- काठमाडौं, १८ असाेज ।
- वर्षौदेखि भारतीय पक्षको ज्यादती सहदै आएका नवलपरासीस्थित सुस्ताका जनताले पछिल्लो पटक भारतीय सुरक्षाकर्मीले हिड्ने बाटो नै बन्द गरिदिएपछि थप पीडामा परेका छन् ।
- नेपाली लालपूर्जा बाकेका जनताले भारतले पछिल्लो समय नेपाली आवतजावत गर्ने बाटो अवरुद्ध गरेपछि सुस्तावासी न्याय खोज्दै राजधानी आएका छन् ।
काठमाडौं, १८ असाेज । वर्षौदेखि भारतीय पक्षको ज्यादती सहदै आएका नवलपरासीस्थित सुस्ताका जनताले पछिल्लो पटक भारतीय सुरक्षाकर्मीले हिड्ने बाटो नै बन्द गरिदिएपछि थप पीडामा परेका छन् । नेपाली लालपूर्जा बाकेका जनताले भारतले पछिल्लो समय नेपाली आवतजावत गर्ने बाटो अवरुद्ध गरेपछि सुस्तावासी न्याय खोज्दै राजधानी आएका छन् ।
भारतले खाल्डो खनेर बाटो अवरुद्ध गरिदिएपछि सुस्ताका विद्यार्थीलाई विद्यालय जान कठिनाइ उत्पन्न भएको पीडितहरुले बताए । बाटो नै बन्द गरिदिएपछि सर्वसाधारणलाई नियमित हाटबजार गर्न समस्या भएको स्थानीयबासीले गुनासो गरेका छन् । नारायणी नदीमा पुल निर्माण नगर्दा सुस्तावासी भारतीय भूभागको बाटो प्रयोग गर्न बाध्य छन् । २५ महिलासहित राजधानी आएका ६० जना सुस्तावासी राजधानी आईपुगेका छन् । सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङको नेतृत्वमा आएका उनीहरु ९ दिनदेखि थापाथलीस्थित कालमोचन घाटमा बसेर समस्या समाधान गर्न माग गरिरहेका छन् ।
प्रतिक्रिया