‘प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यकामा कुनै हालतमा हुन दिन्न’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • हेटौँडाः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ उपत्यकाभित्र प्रदेश नम्बर तीनको स्थायी राजधानी राख्ने कुरा कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।
  • मंगलबार प्रदेश ३ को अस्थायी राजधानी हेटौँमा गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानीका लागि काठमाडौँ उपत्यकाबाहेकका स्थानबारेमा भने आफू लचिलो हुन तयार रहेको बताए ।
  • ‘केन्द्रको राजधानीमै सबै सुविधा थुपार्ने हो भने हामीले गरेको संघीयताको कुनै अर्थ हुँदैन’, पौडेलले भने, ‘व्यक्तिगत रुपमा भन्नु हुन्छ भने म हेटौँडाबाट राजधानी सार्ने पक्षमा छैन, स्थायी राजधानी पनि हेटौँडा नै हुन्छ ।

हेटौँडाः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ उपत्यकाभित्र प्रदेश नम्बर तीनको स्थायी राजधानी राख्ने कुरा कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

मंगलबार प्रदेश ३ को अस्थायी राजधानी हेटौँमा गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्थायी राजधानीका लागि काठमाडौँ उपत्यकाबाहेकका स्थानबारेमा भने आफू लचिलो हुन तयार रहेको बताए ।

‘केन्द्रको राजधानीमै सबै सुविधा थुपार्ने हो भने हामीले गरेको संघीयताको कुनै अर्थ हुँदैन’, पौडेलले भने, ‘व्यक्तिगत रुपमा भन्नु हुन्छ भने म हेटौँडाबाट राजधानी सार्ने पक्षमा छैन, स्थायी राजधानी पनि हेटौँडा नै हुन्छ ।’

मुख्यमन्त्री पदमा प्रदेश ३ को राजधानी साट्नु भयो रे नि भन्ने प्रश्नको कडा प्रतिवाद गर्दै पौडेलले आफू व्यक्तिगरुमा हेटौँडाकै पक्षमा रहेको पुनः दोहोर्याए । ‘म हेटौँडाकै पक्षमा छु, मुख्य मन्त्री पद पाउँदैमा राजधानी साट्यो भन्ने हाँस्यापद कुरा मात्रै हो’, उनले थपे, ‘राजधानीबारेमा संसदमा पनि विभिन्न प्रस्ताव दर्ता भएकाले मैले संसदको बहुमतीय प्रक्रियालाई मान्नुपर्छ ।’

मुख्यमन्त्री पौडेलले अपायक भनिएको हेटौँडाई आफूले पायक बनाएर छाड्ने दाबी गरे । ‘हामी काठमाडौँबाट हेटौँडा एक घण्टामा आइपुग्ने गरी पूर्वाधार निर्माणको योजनामा छौँ, सुरुङ मार्ग निर्माणको योजना पनि हामीसँग छ’, उनले अगाडि भने, ‘हेटौँडा कोल्टे भयो भन्नेहरुलाई उत्तर दिने गरी हामी पूर्वाधार विकासमा लाग्छौँ, केन्द्रीय राजधानी प्रवेश गर्ने फरक फरक सडकमार्गलाई हामी तीब्र गतिमा स्तरोन्नतिमा जुट्दैछौँ ।’

यो राउन्ड टेबल अन्तरक्रियामा मुख्यमन्त्रीसहित प्रदेश सांसदहरु, उद्योग संघका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षानिकायका प्रमुख र प्रशासकसहितको पनि सहभागिता थियो ।

राउन्ड टेबलमा सहभागीहरुले अब देशको एजेन्डा आर्थिक समृद्धि भएको बताउँदै त्यही अनुसार प्रदेश र केन्द्र सरकारले काम गर्नुपर्नेमा जोड दिए । स्थानीय तहले जनतामाझ पुगेर प्रभावकारी काम गर्नुपर्ने बताउँदै उनीहरुले अब प्रदेश सरकारले पनि उत्तिकै सक्रिय हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    एम डी बल तामाङ

    सबै लाई पायक हुने सेन्टर काभ्रेको बनेपा हो ३ नम्बर राजधानी

    Comment Author

    Yadu Mishra

    Ekdam thik

    Comment Author

    Lama Keto

    tyeso vaye tero ghar vitra raknuna sale khatte

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?