यसरि भयाे सिंह-सिटाैलाकाे याेजना विफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
यसरि भयाे सिंह-सिटाैलाकाे याेजना विफल

सारांश

  • काठमाडाै, ७ असार ।
  •  मकवानपुरको हेटौँडामा मंगलबारदेखि शुरु भएको भेलामा केन्द्रीय सदस्यद्वय सिटौला र सिंहले बोल्न नपाएको भन्दै असन्तुष्टि जनाएका छन ।
  • नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलामा आफू अनुकूलको गतिविधि गर्न नपाएपछि कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका केही नेताहरूले असन्तुष्टि व्यक्त गर्दै भेला विथोल्ने प्रयास गरेका हुन ।

काठमाडाै, ७ असार । मकवानपुरको हेटौँडामा मंगलबारदेखि शुरु भएको भेलामा केन्द्रीय सदस्यद्वय सिटौला र सिंहले बोल्न नपाएको भन्दै असन्तुष्टि जनाएका छन ।

नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलामा आफू अनुकूलको गतिविधि गर्न नपाएपछि कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका केही नेताहरूले असन्तुष्टि व्यक्त गर्दै भेला विथोल्ने प्रयास गरेका हुन ।

नेता सिटौला–सिंहले आफू निकटका केन्द्रीय सदस्य र सभापतिहरूसँग भेट गरेर बन्दसत्रमा देउवा कमजोर हुने गरेर अभिव्यक्ति दिन निर्देशन दिएको एकजना जिल्ला सभापतिले जानकारी दिए ।

सिटौला–सिंहको अबरोधका बाबजुद सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बन्द सत्रमा बसेर जिल्ला सभापतिहरूको सुझाव सुनेका छन् ।

देउवा–पौडेलले सभापतिहरूको भेलालाई बिथोल्ने प्रयास भएपनि मौनरुपमा त्यसको प्रतिकार गरेर सिटौला–सिंहलाई परास्त गरिदिएको एक नेताले बताए ।

जिल्ला सभापतिहरूले कांग्रेसलाई बलियो बनाउन केन्द्रीय नेताहरूलाई दवाव दिएका छन् । उनीहरूले नेताहरू केन्द्रमा मिलेपछि कांग्रेस स्वतः बलियो बनेर आउने बताएका हुन् ।

गुटको राजनीति गर्दै आएका सिटौला र सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा गतिविधि गर्दै आएको आरोप छ । पौडेललाई यो कुराको जानकारी छ । तर, केही लोभी नेताहरूको दवावमा पौडेल निरिह बनेको आरोप छ ।

१३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेका पौडेललाई नेता सिटौलाले नै हराएका थिए । शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका पौडेलको जित निश्चित थियो । तर, सिटौलाले सभापतिमा उम्मेदवारी दिँदै अगल प्यानल बनाइ खडा भएका थिए । त्यसको असर पौडेललाई परेको थियो ।

हेटौँडामा जम्मा भएका जिल्ला सभापतिहरूलाई देउवाविरुद्ध भड्काएर आफू बलियो हुने योजनामा लागेका सिटौलालाई अञ्जानमा अर्का नेता सिंहले पनि साथ दिइरहेका छन् ।

झापा जिल्ला निवासी सिटौला कम्युनिस्ट राजनीति हुँदै कांग्रेस छिरेका हुन् । सिटौलालाई गिरिजाप्रसाद कोइरालाले यो उचाइँ दिएका थिए । तर, सिटौला अहिले कोइराला परिवारको विरोधि भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?