प्रदेश ४ को सरकारका लागि २८ करोड खर्च

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
१६ पटक हेरिएको
Shares
प्रदेश ४ को सरकारका लागि २८ करोड खर्च

सारांश

  • अन्य प्रदेशमा जस्तो प्रदेश नं ४ मा राजधानी कहाँ राख्ने भन्ने किचलो छैन ।
  • यो प्रदेशका लागि स्वतफुर्तरुपमा पर्यटकीय नगरी पोखरा राजधानी बन्दैछ ।
  • प्रदेश ४ को सरकारका लागि भौतिक संरचना मर्मतसम्भारका लागि करिब २८ करोड रुपैयाँ लाग्ने इस्टिमेट तयार गरिएको छ ।

अन्य प्रदेशमा जस्तो प्रदेश नं ४ मा राजधानी कहाँ राख्ने भन्ने किचलो छैन । यो प्रदेशका लागि स्वतफुर्तरुपमा पर्यटकीय नगरी पोखरा राजधानी बन्दैछ । प्रदेश ४ को सरकारका लागि भौतिक संरचना मर्मतसम्भारका लागि करिब २८ करोड रुपैयाँ लाग्ने इस्टिमेट तयार गरिएको छ ।

प्रदेश ४ को प्रादेशिक सरकारका लागि प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री लगायतको कार्यालय पोखरामा हुनेछ । अहिलेसम्म देशभर नै प्रादेशिक सरकारका लागि भने कुनै नयाँ संरचना निर्माण गरिएको छैन । बनिसेका र बन्दै गरेका भवन, क्षेत्रीय कार्यालय र त्यसका आवास गृहलाई नै तत्कालका लागि प्रदेश सरकारको कार्यालय र आवासको रुपमा प्रयोग गरिदैछ । सोही अनुरुप प्रदेश ४ का लागि २८ करोड रुपैयाँ खर्चको इस्टिमेट गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
प्रदेश(४ को मुख्यमन्त्रीको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहनेछ भने निवासको लागि राष्ट्र बैंक चोकस्थित क्षेत्रीय सिँचाइको क्वाटरमा राखिने सहमति भएको अधिकारीले बताए।उनका अनुसार फेवातालको छेऊको हिमागृहमा मुख्यमन्त्रीको आवासको लागि सिफारिस भए पनि पर्यटन व्याववसायी लगायत सम्बद्ध व्यक्तिहरुको विरोधपछि विकल्पको रुपमा क्षेत्रीय सिँचाइको क्वाटरमा सिफारिस गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?