रु ५७ करोडको लागतमा सडक निर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
रु ५७ करोडको लागतमा सडक निर्माण हुँदै

सारांश

  • झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण कार्य शुरु भएको छ ।
  • कनकाई नगरपालिकाको सुरुङ्गादेखि दक्षिण १६ किलोमिटर झापा गाउँपालिका जोड्ने अमरपथ सडकखण्डको निर्माणकार्य शुरु भएको हो ।
  • नालासहित ५० फुट चौडाइ रहने सडक निर्माणका लागि रु ५७ करोड बजेट विनियोजन भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो ।

झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको सुरुङ्गादेखि दक्षिण १६ किलोमिटर झापा गाउँपालिका जोड्ने अमरपथ सडकखण्डको निर्माणकार्य शुरु भएको हो ।

नालासहित ५० फुट चौडाइ रहने सडक निर्माणका लागि रु ५७ करोड बजेट विनियोजन भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो । जिल्लाकै पुरानो सदरमुकाम भए पनि आवश्यक पूर्वाधारको अभावमा पछि परेको झापामा सडक निर्माण सम्पन्नसँगै त्यस क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज हुने अध्यक्ष साहको भनाइ छ । सडक निर्माण शुरु भएसँगै कनकाई नगरपालिकाको दक्षिणी क्षेत्र र झापा गाउँपालिकाका स्थानीयमा खुशियाली छाएको छ ।

समयमै सडक निर्माण सम्पन्न गर्नका लागि सडकको क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना हटाउन आफूहरु तयार रहेको भन्दै स्थानीयवासीले प्रतिबद्धता जनाएका छन् । बाटो निर्माणका क्रममा कुनै पनि कमीकमजोरी भए खबरदारी गर्न उपभोक्तालाई आग्रह गर्दै अध्यक्ष साहले समयमै गुणस्तरयुक्त बाटो निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

सडक निर्माण शुरु भएसँगै झापा गाउँपालिका–३ का अध्यक्ष मोतिलाल गणेश, ६ का अध्यक्ष हरिबहादुर बानियाँ र ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती, नेपाली काङ्ग्रेस ४ नं क्षेत्रीय सचिव शिव कँडेल, नेकपाका गाउँ कमिटी अध्यक्ष रुद्र बजगाईंलगायतले सडक निर्माणका क्रममा ८२ फुट क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचना हटाउन आफूहरुको समेत सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । झापा गाउँपालिकाले अमरपथ सडक निर्मणलाई गौरवको आयोजना भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
कञ्चनपुरमा भएको हवाई फायरमा प्रहरी र आन्दोलनकारी गरी १० जना घाइते
१० लाख विद्यार्थीले एसईई परीक्षा आवेदन भर्न पाएनन्
चिर्पट प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ
चिर्पट प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव
ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन
देउवा–पौडेल भित्र लफडा: पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
नेपाली चलचित्रमा सन्नी लियोनी !
नेपाली चलचित्रमा सन्नी लियोनी !
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश

तपाईंले छुटाउनुभयो कि?