लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
४८ पटक हेरिएको
Shares
लोक सेवा आयोगको कार्यालयमा विरोध प्रर्दशन

सारांश

  • काठमाडौं।
  • स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ।
  • स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समूदायले बिहीबार बिहान लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रर्दशन गरेका हुन ।

काठमाडौं। स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रिय कार्यालय अगाडि प्रर्दशन गरिएको छ।स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समूदायले बिहीबार बिहान लोक सेवा आयोगको कार्यालय अगाडि २ घण्टा प्रर्दशन गरेका हुन । प्रर्दशनका क्रममा उनीहरुले सो विज्ञापन खारेज गर्न दवाव दिदै सरकारविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए। बिहान नौं बजे लोक सेवा आयोगको केन्द्रिय कार्यालयको मूलगेटमा पुगेका प्रर्दशनकारीहरुले संविधान प्रतिकूल हुने गरी आएको सो विज्ञापनको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससमेत मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

संविधानले समावेशी, समानुपातिक सिद्धान्तको आधारमा विज्ञापन खुलाउने स्पष्ट व्यवस्था गरेपनि लोक सेवा आयोगले त्यसविपरित स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन खुलाएको दावी गर्दै सिमान्तकृत समुदायले आन्दोलन गर्दै आएका छन्। सो विज्ञापनको परीक्षा शुक्रबार (भोली)बाट सूरु हुँदैछ । आन्दोलनरत पक्षले त्यसको मुखैमा लोक सेवा आयोगको कार्यालय अगाडि प्रर्दशन गर्दै सो विज्ञापन खारेज गर्न माग गरेका हुन । त्यस क्रममा प्रहरीले उनीहरुलाई कार्यालयको गेटबाट हटाउने क्रममा घचेटेको थियो भने प्रर्दशनकारीहरुले प्रहरीले हस्तक्षेप गरेको भन्दै चर्का नाराबाजी पनि गरेका थिए । सरकारको सिफारिसमा गत जेष्ठ १५ गते लोक सेवा आयोगले सो विज्ञापन खुलाएपछि समावेशी नभएको भन्दै त्यसको विरोध हुँदै आएको छ।

यो पनि पढ्नुहोस्

तन्नेरीलाई ‘बुढो’ बनाउने फेसएप चलाउँदा यस्तो छ जोखिम
काठमाडौं। दुईतीन दिन यता एक एप्स भाइरल भइरहेको छ । तन्नेरीलाई बुढो देखाउने फेसएपको प्रयोग सेलिब्रटीलेसमेत गरेपछि नेपालमा यो भाइरल भएको हो ।२०१७ मा एक रसियन कम्पनीले लञ्च गरेको यो एप्स त्यतिबेला भने खासै चर्चामा थिएन । तर, विश्व कप क्रिकेट सकिएपछि भारतीय क्रिकेट खेलाडीले यो एप्सको प्रयोग गरेर तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालमा पनि यो एप्स भाइरल बनेको हो । मंगलबार र बुधबार नेपाली फेसबुक, ट्वीटर, इंस्टाग्राम प्रयोगकर्ताहरुले यो एप्सको निकै प्रयोग गरेका छन् ।यसरी भाइरल बनेको यो एप्सले प्रयोगकर्ताहरुलाई भने जोखिमको मुखमा पुर्याइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।

उनीहरुका अनुसार यो एप्सले तस्वीरलाई आर्टिफेसियल इन्टेलिजेन्समार्फ बुढो देखाउन तस्वीरको पूरा जानकारी अटोमेटिक सेभ गर्छ । साथै प्रयोगकर्ताको ब्राउजर, आईपी एड्रेस, वेब रिक्वेस्ट, यूआरएल र कतिपटक प्रयोग गरियो भन्नेसमेत जानकारी रेकर्ड गर्छ । यो एप्सको प्रयोग सम्बन्धि शर्तहरुमा प्रयोगकर्ताहरुको फाइलबारे अटोमेटिक जानकारी लिने उल्लेख गरिएको छ ।यसरी प्रयोगकर्ताहरुको डाटा यो एप्सले संकलन गर्छ । र विज्ञापनका लागि कुनै तेस्रो पक्षले माग गरेमा त्यस्तो डाटा दिन सकिने एप्सको नीति रहेको छ । यसले गर्दा प्रयोगकर्ताहरुबारे डाटा चोरी हुने जोखिम बढेको हो । केही विश्लेषकहरुले यो एप्स प्रयोग नर्गनसमेत सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि
मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
ओलीलाई ‘प्रधानमन्त्रीबाट हटाउने रणनीति’
ओलीलाई ‘प्रधानमन्त्रीबाट हटाउने रणनीति’
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
जुवामा हारिसकेपछि पत्नी नै बन्दकी, जितेकाले जबरजस्ती बलात्कार
जुवामा हारिसकेपछि पत्नी नै बन्दकी, जितेकाले जबरजस्ती बलात्कार
शनिवार ८८४ कोरोना संक्रमित पुष्टि
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’