प्रधानन्यायाधीशका लागि यस्ताे रहेछ रोचक सहमति !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशका लागि यस्ताे रहेछ रोचक सहमति !

सारांश

  • काठमाडौं, १७ साउन ।
  •   प्रधानन्यायाधीश नियुक्तिका लागि सम्भवतः नेपालको इतिहासमै सबैभन्दा बढी किचलो यसपटक भइरहेछ।
  • न्याय परिषद् र संवैधानिक परिषदसमेतले अनुमोदन गरेर पठाएका प्रस्तावित प्रधानन्यायाधीशको हलो संसदीय सुनुवाइ समितिमा गएर अड्किएको छ।

काठमाडौं, १७ साउन ।  प्रधानन्यायाधीश नियुक्तिका लागि सम्भवतः नेपालको इतिहासमै सबैभन्दा बढी किचलो यसपटक भइरहेछ। न्याय परिषद् र संवैधानिक परिषदसमेतले अनुमोदन गरेर पठाएका प्रस्तावित प्रधानन्यायाधीशको हलो संसदीय सुनुवाइ समितिमा गएर अड्किएको छ। संसदीय समितिमा समेत प्रस्तावित प्रधानन्यायाधीशको जुन कुरा परीक्षण हुनुपर्ने हो त्योभन्दा बाहिर गएर सत्तापक्ष र प्रतिपक्षको भिडन्त भइरहेको छ।

परीक्षण भन्दा पनि अल्पमत र बहुमतको जुहारी चलिरहेको छ। यही जुहारीका बीच मंगलबार रात बालुवाटारमा एउटा गोप्य बैठक भएको छ। बैठक जति गोप्य थियो त्योभन्दा त्यहाँ पाखेको खिचडीको स्वाद झनै विचित्रको छ। यहाँ यस्तो स्वादको खिचडी पाकेको छ कि त्यो बनारसको लड्डुजस्तै छ –  खाने पनि पछुताउने नखाने पनि पछुताउने। स्रोतका अनुसार मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी गोप्य बैठकमा बसे। साँझ ८ बजे उनीहरुको छलफल सुरु भएकोमा त्यो छलफल राति ११ बजेसम्म चलेको बालुवाटार स्रोत बताउँछ। बैठक हुनु छलफल हुनु सामान्य कुरा हो। छलफलबाट कुनै निष्कर्ष निस्किनु वा कुनै योजना बन्नु पनि सामान्य नै मानिन्छ। तर, मंगलबारको बालुवाटार बैठकले जुन निष्कर्ष निकाल्यो र जुन कार्ययोजना तय गर्यो त्यो सुन्दा भने आम नागरिकले आफ्नै कपाल लुछ्नेछन्।

बालुवाटार स्रोतका अनुसार नेकपाका दुई अध्यक्ष र प्रस्तावित प्रधानन्यायाधीशबीच निकै विचित्र सहमति भएको छ। सहमतिअनुसार संसदीय समितिमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अहिले अड्काइरहेको हलो छुटाइदिनेछन् र हालका कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई प्रधानन्यायाधीश बन्न बाटो खोलिदिनेछन्। तर, यसवापत जोशीले एउटा शर्त मान्नुपर्नेछ। त्यो शर्त हो – उनले प्रधानन्यायाधीश भएको एक महिनामा पदबाट राजीनामा दिनुपर्नेछ। नियुक्तिको एक महिनामा पदबाट राजीनामा दिने शर्तमा उनी प्रधानन्यायाधीश बन्न पाउनेछन्।  प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकिएकै छैन। उनले पदको शपथ ग्रहण गर्नै बाँकी छ तर उनको राजीनामा तयार भइसक्यो। बालुवाटार स्रोतको दावी अनुसार त उनले अहिल्यै एक महिनापछिको मितिमा राजीनामा बुझाएर मात्र शपथ ग्रहणका लागि जाँदैछन्। दावीमा कतिसम्म सत्यता छ यसको पुष्टि भइसकेको छैन।

यद्यपि उनले राजीनामा नै दिन्छन् भन्ने निश्चित नभए पनि एक महिनापछि राजीनामा दिने लिखित सहमति भने गर्नेछन्। उनले अहिले नै एक महिनापछिको मिति राखी राजीनामा नै बुझाउँलान् वा एक महिनापछि राजीनामा बुझाउने कुनै लिखित सहमति गर्लान् त्यो गोप्य छ। तर, उनको शपथ ग्रहण नहुँदै उनको राजीनामा भने तयार भइसकेको छ। पदबहाली नगर्दै राजीनामा तयार गर्ने जोशी सम्भवतः पहिलो प्रधानन्यायाधीश बन्नेछन्।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Rai Man

    Ke karan hola yesto Nepali janata lai janakari hunu jaruri chha

    Comment Author

    Chhabi Lal Pradhan

    Communist raaj ma yestei hunxa ramro kaam ko sapana nadekho ramro

    Comment Author

    Min Gurung

    कटुवाल प्राकरण ले प्राचनड को प्राधानमनतरि सकिए जस्तै जोसि प्राकरणले वोलि को सकिएला चेतना भए।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?