प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
सारांश
- काठमाडौँ, १६ जेठ ।
- काडमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा हरी गौचनको अलराउण्ड पफर्मेन्सले गर्दा प्रदेश नं.
- ४ ले शानदार जित दर्ता गरेको छ ।
काठमाडौँ, १६ जेठ । काडमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा हरी गौचनको अलराउण्ड पफर्मेन्सले गर्दा प्रदेश नं. ४ ले शानदार जित दर्ता गरेको छ ।
प्रदेश नं. ४ का खेलाडि हरी गौचनले सतकिय पारी खेली दोस्रो इन्नीङमा ह्याट्रिक सहित ४ विकेट लिएपछि प्रदेश नं. १ लाई १२९ रनले हराउँदै आफ्नो पहिलो जित दर्ता गरेको हो ।
३ सय ११ रनको लक्ष्य पछ्याएको प्रदेश नं. १ले ३५ ओभरमा सबै विकेट गुमाएर केवल १८५ रन मात्र बनाउन सक्यो । प्रदेश नं. १ का लागि सन्दीप ढुंगानाले ७१ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । ५५ बलमा ६ छक्का र ९ चौका प्रहार गरेर विपक्षीका लागि घातक देखिएका उनी बिपीन खत्रीको बलमा बोल्ड आउट हुन पुगे । प्रदेश नं. १ का लागि मिनस थापा र श्रवण यादवले समान १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लाएक पारी खेलेनन् ।
प्रदेश नं. ४ जितका लागि बलिङमा पनि मुख्य भुमिका हरी कै रह्यो । उनले ५ ओभरमा मात्र १९ रन खर्चेर ह्याट्रिक सहित ४ विकेट लिए ।
यसअघि किर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ् गरेको प्रदेश नंं. ४ ले ७ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । प्रदेश नं. ४ का लागि हरी गौचनले सतकिय पारी खेल्दै ११५ बलमा १०० रन बनाए । उनले आफ्नो पारीमा १ छक्का र ९ चौका प्रहार गरेका थिए । प्रदेश नं. ४ का अर्का ब्याट्सम्यान सुमा घिमीरेले आक्रामक ब्याटिङ गर्दै ५३ बलमा ६ छक्का र ६ चौका प्रहार गर्दै ८३ रन बनाए ।
प्रदेश नं. १ का लागि पुष्प थापा र सन्दीप ढुंगानाले समान २÷२ विकेट लिए ।
यो खेलसँगै समुह ए को अंक तालिकामा पनि ठूलो उलटफेर भएको छ । सबै टोलिको समान २ अंक भएपनि नेट रनरेटका आधारमा शिर्ष टोलिमा रहेको प्रदेश नं. १ पुछारमा झरेको छ भने अन्तिममा रहेको प्रदेश नं. ४ दोस्रो स्थानमा उक्लिएको छ । भने समुहको शिर्ष स्थानमा एक मात्र खेल खेलेको सशस्त्र प्रहरी बल(एपीएफ) छ ।
त्यस्तै समूह बी को प्रदेश नं. ७ र ५ बिच आज हुने भनिएको खेल वर्षाका कारण बिचैमा रोकिएको छ ।
प्रतिक्रिया