प्रदेशसभा २ मा चार भाषामा सपथः ११ जनाले हिन्दीमा
सारांश
- जनकपुर, माघ ७ ।
- प्रदेश नम्वर २ का एक सय ७ जना सांसदले फरक–फरक भाषामा पद तथा गोपनियताको शपथ लिएका छन ।
- प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपथ गराए गराए ।
जनकपुर, माघ ७ । प्रदेश नम्वर २ का एक सय ७ जना सांसदले फरक–फरक भाषामा पद तथा गोपनियताको शपथ लिएका छन । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा शपथ गराए गराए ।
त्यसपछि चौधरीले अन्य सदस्यलाई शपथ दिलाएका थिए । त्यस क्रममा २३ सांसदले नेपालीमा तथा बाँकीले आ–आफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका हुन ।
जसमध्ये ४७ जनाले मैथली, ११ जनाले हिन्दी तथा २५ जनाले भोजपुरी भाषामा शपथ लिएका हुन् ।
प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरेपछि प्रदेश प्रमुख कायस्थले आआफ्नो मातृ भाषामा शपथ लिन स्वीकृत लिएका हुन । जेष्ठ सदस्य चौधरीले नेपालीमा बोले पनि सांसदले आआफ्नो मातृ भाषामा उल्था गरेका छन् ।
सपथ ग्रहणपछि पहिलो प्रादेशिक बैठक आगामी २१ गते ११ बजे बस्ने घोषणा गरियो ।
प्रतिक्रिया