प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्माले संसदमा सम्बोधन गरेपछि प्रश्न गर्ने तयारीमा रहेका काँग्रेस सांसदहरुलाई सभामुख कृष्णबहादुर महराले प्रश्न सोध्न नदिएपछि काँग्रेस सांसदले हंगामा गरेका छन् ।
  • सभामुखलले प्रश्नोत्तरको कार्यसूची बनाएर अर्को पटक मौका दिने भन्दै प्रश्न गर्न दिएनन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले संसदमा सम्बोधन गरेपछि प्रश्न गर्ने तयारीमा रहेका काँग्रेस सांसदहरुलाई सभामुख कृष्णबहादुर महराले प्रश्न सोध्न नदिएपछि काँग्रेस सांसदले हंगामा गरेका छन् ।

सभामुखलले प्रश्नोत्तरको कार्यसूची बनाएर अर्को पटक मौका दिने भन्दै प्रश्न गर्न दिएनन् । त्यसपछि उनले काँग्रेस सांसदलाई मनाउन सिमित सदस्यलाईमात्र बोल्न दिने भन्दै काँग्रेस सांसद मिनेन्द्र रिजाललाई एक मिनेटमा प्रश्न गर्न समय दिए तर, सिमित सदस्यलाईमात्र अनुमति दिने सभामुखको निर्णय नमानेपछि सभामुद महराले शून्य समय र विशेष समयको कार्यक्रम कार्यसूचीबाट हटाए र संसदीय समितिका सभापतिलाई विधेयक टेबल गर्न समय दिए ।

काँग्रेस सांसदहरुले होहल्ला गरे पनि सो समितिको प्रतिवेदन टेबल गरियो । त्यसपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्ु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?