घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

सारांश

  • घोडाघोडी, १५ फागुन, विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
  • करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
  • गत वर्ष गतवर्ष माघ मसान्तसम्म करीब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आए पनि अहिले गत महिनाको मसान्तसम्ममा घटेर ७२ हजार ७०० पुगेको छ ।

घोडाघोडी, १५ फागुन, विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत वर्ष गतवर्ष माघ मसान्तसम्म करीब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आए पनि अहिले गत महिनाको मसान्तसम्ममा घटेर ७२ हजार ७०० पुगेको छ ।

नेपालको प्रमुख गन्तव्यका रुपमा उक्त ताल रहे पनि उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्रमा पछि पर्दै गइरहेको लम्कीचुहा नगरपालिका–४ कौवापुरका कमल ढकालले बताउनुभयो । तालमा जमेका लेउ र फोहरको सरसफाइ नहुँदा तालनै दुर्घन्धित भएको छ । त्यस्तै कञ्चनपुरबाट घोडाघोडी ताल अवलोकन गर्न पुगेका सन्तोष घिमिरेले पनि तालमा खासै परिवर्तन नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी स्कूल पढ्दा घोडाघोडी ताल घुम्न आउँदा पनि यस्तै लेउ र सुकेको कमलको फूलले ढाकेको थियो र अहिले पनि यस्तै फोहर नै छ ।”

यस्तै पोखराबाट भ्रमणका क्रममा घोडाघोडी तालको अवलोकन गर्न आएका महेश गुरुङले पनि पर्यटकलाई लोभ्याउने कुनै नयाँ कुरा नरहेको बताउनुभयो । पौडेलले गोही तथा यहाँ रहेका अन्य वनस्पतिलाई असर नपर्ने गरी सरसफाइ गरी आएका पर्यटकलाई भुल्ने वातावरण मिलाउन पर्ने सुझाव दिनुभयो ।
घोडाघोडी ताल संरक्षक दीपक शाहले ताल क्षेत्रमा आएर धेरै समयसम्म अवलोकन गर्नको लागि खासै केही नभएका कारणले पर्यटक कम आउने गरेको बताउनुभयो । लेउ र झ्याउका कारण ताल फोहर देखिने हुँदा यसको सरसफाइ गरी ताल क्षेत्रलाई व्यवस्थित गर्न सके मात्रपर्यटन भित्र्याउन सकिने उहाँले बतानुभयो ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसादचौधरीले नगर क्षेत्रमा पर्यटक प्रवद्र्धधनको लागि विस्तृत गुरुयोजना निर्माण भइरहेको जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धनका लागि एकद्वार प्रणालीको आवश्यकता रहेको उहाँले बतानुभयो । गुरुयोजना निर्माणसँगै एकद्वार प्रणाली लागू गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

घोडाघोडीलाई विश्वजलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको उचित वासस्थानका रुपमा लिइने गरिन्छ । हालसम्मको अध्ययनअनुसार यहाँ ४५० प्रजातिका वनस्पति, सतिसाल, साज, खयरको घना जङ्गल रहेको छ । ताल संरक्षणका लागि विभिन्न सङ्घसंस्थाले वर्षेनि लाखौँ रुपैयाँ खर्चने गरेको भए पनि त्यसको उपयोगिता हुन नसकेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
आजबाट सुरु हुने भनिएको नेपाल टी–२० लिग स्थगित
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
सडक निर्माण तथा स्तरोन्नति
सडक निर्माण तथा स्तरोन्नति
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
किन हुन्छ चन्द्रौटा डुबान आउदो साल समस्या हट्छ ः मेयर अधिकारी
किन हुन्छ चन्द्रौटा डुबान आउदो साल समस्या हट्छ ः मेयर अधिकारी
निषेधाज्ञा उल्लंघन गर्नेलाई यस्तो छ कारवाही र जरिवाना

तपाईंले छुटाउनुभयो कि?