सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
सारांश
- काठमाडौं।
- सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका ५ थामे आएको बढीमा परी एक जना बेपत्ता भएका छन्।
- १२ घरमा क्षति पुगेको छ।
काठमाडौं। सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका ५ थामे आएको बढीमा परी एक जना बेपत्ता भएका छन्। १२ घरमा क्षति पुगेको छ।
‘बाढीमा परेर एकजना वेपत्ता भएको खबर छ। १२ वटा घर, एउटा स्थानीय स्कुल र क्लिनिकमा क्षति पुगेको छ। नेपाली सेना, नेपाल प्रहरीले उद्धारको काम जारी राखेका छन्। जोखिमा रहेका स्थानीयहरुलाइ सुरक्षित स्थानमा सार्ने गर्ने काम भइरहेको ।” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन्।
उक्त स्थानमा संचार एवम् विद्युत सेवा अवरुद्ध हुन पुगेको छ। थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया