श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट २ जना पुरस्कृत

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट २ जना पुरस्कृत

सारांश

  • बिराटनगर ३ भदाै ।
  •  ,२०७५ साल  श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  बाट संखुवासभा जिल्लामा कार्यरत  २ जना प्रहरी कर्मचारी हरु पुरस्कृत भएका छन् ।
  • अस्थायी प्रहरी पोष्ट सभाखोला, संखुवासभामा कार्यरत प्रहरी हवल्दार पशुपति चौहान र प्रहरी जवान हरि प्रसाद घोरसाई लाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा छनौट गरेको हो ।

बिराटनगर ३ भदाै । ,२०७५ साल  श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  बाट संखुवासभा जिल्लामा कार्यरत  २ जना प्रहरी कर्मचारी हरु पुरस्कृत भएका छन् ।

अस्थायी प्रहरी पोष्ट सभाखोला, संखुवासभामा कार्यरत प्रहरी हवल्दार पशुपति चौहान र प्रहरी जवान हरि प्रसाद घोरसाई लाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा छनौट गरेको हो ।उनीहरुलाई  १ नम्बर प्रदेश प्रहरी कार्यालय का डीआईजी केदार रिजाल बाट सम्मानित् हुने छन्।

आफ्नो कर्तव्य पालनाको सिलसिलामा विभागको  आदेश निर्देशन बमोजिम व्याबसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगबाट परिचालित भई कानूनद्वारा बर्जित गरिएका काम कारवाही नियन्त्रण गर्ने क्रममा शान्ति सुरक्षामा खलल तुल्याउने तत्वहरुको पहिचान गरी बिभिन्न मितिमा विष्फोटक पदार्थ समेत पक्राउ गर्न सफल हुनुको साथै कानूनद्वारा बर्जित क्रियाकलापहरुलाई निष्तेज पार्न समेत अहोरात्र खटिएर नतिजा हासिल गर्न सफल भएकोले उनीहरुलाई “महिनाको सर्बोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?