शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत

सारांश

  • ९ वैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षित युवाहरुले घरजग्गा धितो राखेर ऋण लिने दिन समाप्त भएको बताउँदै शैक्षिक प्रमाण पत्र धितो राखि सहज रुपमा ऋण पाउने व्यवस्था सरकारले गरेको बताउनुभएको छ ।
  • वालकोटमा प्रभु बैंकको १७४औं शाखा विस्तारको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले ल्याएको युवा स्वरोजगार, वेरोजगार भत्ता, शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, विदेशबाट फर्र्किएका युवालाई ऋण, महिला, दलित लगायतलाई सरकारले दिने सहुलियत दरको ऋण प्राप्त गर्न अनिवार्य बैंकिङ प्रणाली मार्फत मात्र काम गर्न सकिने बताउनुभयो ।

९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षित युवाहरुले घरजग्गा धितो राखेर ऋण लिने दिन समाप्त भएको बताउँदै शैक्षिक प्रमाण पत्र धितो राखि सहज रुपमा ऋण पाउने व्यवस्था सरकारले गरेको बताउनुभएको छ ।

वालकोटमा प्रभु बैंकको १७४औं शाखा विस्तारको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले ल्याएको युवा स्वरोजगार, वेरोजगार भत्ता, शैक्षिक प्रमाणपत्रको आधारमा ऋण, विदेशबाट फर्र्किएका युवालाई ऋण, महिला, दलित लगायतलाई सरकारले दिने सहुलियत दरको ऋण प्राप्त गर्न अनिवार्य बैंकिङ प्रणाली मार्फत मात्र काम गर्न सकिने बताउनुभयो ।

सरकारले सम्पूर्ण नेपालीको बैंक खाता अनिवार्य बनाउने अभियान नै सञ्चालन गरिरहेको जानकारी गराउँदै उहाँले पहिले पैसा राखेर खाता खोल्नुपर्ने तर अहिले उल्टो बैंकले अनिवार्य १ सय रुपैंया जम्मा गरिदिने व्यवस्था गरेको समेत जानकारी गराउनुभयो । उहाँले वित्तिय अनुसाशन कायम गर्न उक्त अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताउनुभयो ।

उहाले भन्नु भयो, ‘पहिले बैंकमा खाता खोल्न १० हजार जम्मा गर्नुपथ्र्यो । त्यो रकम घट्दै गएर अहिले निशुल्क बैंक खाता खोल्ने वातावरण बनेको छ । तर, सरकारले बैंकहरुसँग सहकार्य गरेर खाता खोलेबापत खातावालालाई उल्टै बैंकले एक सय रुपैयाँ जम्मा गरिदिने नीति ल्याएको छ । जसले वित्तीय क्षेत्रमा यसले ठूलो टेवा पुग्ने देखिन्छ ।’

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले बैंकिङ प्रणालीबाट कारोवार गरे मानिसले कमाएको रकमको स्रोत खुल्ने र कालोबजारीको माध्यमबाट कमाउने प्रवृक्तिको अन्त्य हुने बताउँदै व्यवसायीहरुले बैंकबाट सहज रुपमा ऋण लिन पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकले उत्पादनमूलक उद्योग व्यवसायमा कर्जा अलि बढी लगानी गर्नुपर्नेमा जोड दिँदै व्यापार घाटाको अन्त्यको लागि व्यापक रुपमा औद्योगिकरण गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

सांसद बस्नेतले भक्तपुरमा विकास निर्माणका कार्यहरु तिव्र रुपमा अघि बढेको बताउँदै साना तथा ठूला सडक, पुल, ढल, खानेपानी लगायतका विकास निर्माणका कार्यहरु तिव्र रुपमा अघि बढेको बताउनुभयो । उहाँले सडक तथा पुलको निर्माण तथा हनुमन्ते नदीको करिडोर निर्माण सम्पन्न पश्चात कोटेश्वरको सवारी जामको अन्त्य हुने समेत बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?