मत खरिदबिक्री नहोस् : यादव

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
४० पटक हेरिएको
Shares
मत खरिदबिक्री नहोस् : यादव

सारांश

  • बनेपा : प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधीप्रसाद यादवले दलहरूले जनताको मत खरिदबिक्री गर्ने सम्भावना रहेको भन्दै निर्वाचन अधिकृतहरूलाई सतर्क रहन निर्देशन दिएका छन् ।
  • धुलिखेलमा मंगलबार प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले जनमत विनिमय (सट्टापट्टा)को वस्तुझैं हुन सक्ने भएकाले चनाखो भएर काम गर्न निर्देशन दिएका हुन् ।

बनेपा : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरूले जनताको मत खरिदबिक्री गर्ने सम्भावना रहेको भन्दै निर्वाचन अधिकृतहरूलाई सतर्क रहन निर्देशन दिएका छन् ।

धुलिखेलमा मंगलबार प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले जनमत विनिमय (सट्टापट्टा)को वस्तुझैं हुन सक्ने भएकाले चनाखो भएर काम गर्न निर्देशन दिएका हुन् । आसन्न निर्वाचनमा खटिने कर्मचारी पनि कुनै ट्रेड युनियनसँग आबद्ध भएकाले छनोटमा चनाखो हुन पनि उनले निर्देशन दिए । राजनीतिमा प्रत्यक्ष देखिएका कर्मचारीलाई निर्वाचनमा नखटाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशनसमेत दिए ।

‘निर्वाचन अधिकृत र कमचारी नियुक्तिदेखि खटनपटनमा नातावाद, कृपावाद भेटिए कारबाही गर्छौं’, उनले भने । उनले मतदान अधिकृत र निर्वाचनमा खटिएका कर्मचारीले केही गलत गरे माफी नमिल्ने स्पष्ट पारे । कर्मचारीले पनि भोट हाल्ने व्यवस्था मिलाउन लागेको जानकारी दिँदै उनले सर्वोच्च अदालतको आदेशपछि सम्भाव्यता अध्ययन गरिरहेको सुनाए । ‘सम्मानित अदालतले त्यसबारे सोच्न आदेश दिएको र सोहीअनरूप अदालतको पनि सम्मान हुने गरी व्यवस्था गर्न लागेका छौं’, उनले भने, ‘सकेसम्म कर्मचारीलाई मताधिकार दिन प्रयास गर्छौं ।’ १-२ दिनमै यसबारे टुंगो लाग्ने उनको भनाइ थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले तीनवटा मतपत्र छाप्नुपर्ने भए पनि कार्यतालिका पुनरवलोकन भइसकेकाले निर्धारित समयमै निर्वाचन गर्न कुनै समस्या नरहेको बताए । प्रशिक्षणमा काभ्रे, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुलीका ८१ जना मतदान तथा मतगणना अधिकृत सहभागी छन् । तीन दिन निर्वाचन आचारसंहिता, मतदान व्यवस्थापन र मतदाता शिक्षा प्रशिक्षण दिइने निर्वाचन कार्यालयले जनाएको छ ।

(www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?