प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • भारतको नयाँदिल्लीमा १३ वर्षअघि प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले काम गर्न छाडिसकेको छ।
  • प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले फ्याक्न थालेपछि ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका छन् ।

काठमाडौं, ७ फागुन । भारतको नयाँदिल्लीमा १३ वर्षअघि प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले काम गर्न छाडिसकेको छ। प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले फ्याक्न थालेपछि ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका छन् ।

धापासीस्थित ग्राण्डी अस्पतालमा डायलाइसिस गराएका ओलीले पछिल्लो समय हरेक शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराइरहेका छन्। तर यो कार्यले लामो समय मिर्गौलालाई बचाइराख्न असम्भव हुने भएपछि प्रम ओलीको नयाँ मिर्गौला यही फागुन भित्र प्रत्यारोपण तयारी गरिएको छ। यही तयारी अनुसार जटिल अपरेशन अगाडि गरिने आवश्यक स्वास्थ्य तयारी पनि थालिएको छ। यही पूर्वतयारीस्वरुप मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओलीको मुटुको एन्जियोग्राफी गरिएको चिकित्सकहरुले दाबी गरेका छन्।

उनीहरुले ओलीको मुटुमा कुनै समस्या नभएको पनि जिकिर गरेका छन्। प्रधानमन्त्री ओली मुटु परीक्षणका लागि मंगलबार दिउँसो करीब साढे ४ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। मुटुको परीक्षणपछि ओली आजै राति बालुवाटार फर्किँदैछन्। ओलीका निजी चिकित्सक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले मिर्गौला प्रत्यारोपणका लागि पूर्वतयारीस्वरुप मुटुको परीक्षण गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका  व्यक्तिहरुको संकलन कार्य सुरु……
बिदाको दिन पनि मतदाता नामावली संकलन छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु……
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ‘गार्ड अफ अनर’ प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ‘गार्ड अफ अनर’ प्रदान
‘कालिका दर्शन वर्ष’ मनाइदै
‘कालिका दर्शन वर्ष’ मनाइदै
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
दुर्घटनामा परिन् अभिनेत्री नम्रता
दुर्घटनामा परिन् अभिनेत्री नम्रता
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
बालिका बलात्कारकाे आरोपमा पक्राउ युवक लाई १२ बर्ष जेलज
अपडेट–आयो २७२ स्थानको नतिजा, कांग्रेसलाई शतक, एमालेको अग्रता
अपडेट–आयो २७२ स्थानको नतिजा, कांग्रेसलाई शतक, एमालेको अग्रता
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म
प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…
प्रधानमन्त्री ओली र मोदीबीच एकान्त संवाद, यस्तो भयो कुराकानी…