छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार धरधरी रोएपछि..

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
छोरा प्रकाशको नाममा आयोजित रक्तदानमा प्रचण्डको सिंगो परिवार धरधरी रोएपछि..

सारांश

  • काठमाडाै, १२ जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सगरमाथाले विश्वका जनातालाई एकतावद्ध बनाउने काम गरेको बताएका छन्।
  • सगरमाथा आरोहण संघले शनिबार अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ।

काठमाडाै, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सगरमाथाले विश्वका जनातालाई एकतावद्ध बनाउने काम गरेको बताएका छन्।

सगरमाथा आरोहण संघले शनिबार अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताए। उनले सगरमाथा आरोहीहरुले समाजसेवा र मानव सेवाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको भन्दै अध्यक्ष प्रचण्डले आरोहणका क्रममा धेरै मानिसहरुले जीवनको उत्सर्ग पनि गरेको बताए।

दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पत्नी सिता दाहालको पनि उपस्थिति रहेको थियो। प्रकाशको तारिफ हुदा प्रचण्ड सिता र प्रकाश पत्नी धरधरी रोएका थिए।

प्रचण्डका स्वर्गीय छोरा प्रकाश दाहालले पनि सगरमाथाको सफल आरोहण गरेका थिए। कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री एवम् स्वर्गीय प्रकाश दाहालकी पत्नी विना मगरको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Rajendra Koirala

    deshma duniya royaka xan

    Comment Author

    Chhabi Dhakal

    जनताका हजाराै संन्तति तिमिहरूबाट मारिदा उनिहरूकाे पीडा के रहेछ बल्ल थाहा भयाे । तिम्राे एउटा छाेराे काल गतिले मर्दा पीडा किन लिन्छाै ?

    Comment Author

    Krishna Shrestha

    बिचरा. मान्छे मर्नुको पिडा आफ्नो छोरा मरेपछि मात्र थाहा भयछ

    Comment Author

    Janajyoti Kumar Shrestha

    .आफ्नै छाेरा ,छाेरि मर्दा असामान्य पिदा हुंदाे रहेछ.

    Comment Author

    Rajendra Kumar Kc

    Nepali janta ka chora chori ko ragat bagaouda ta royanou.

    Comment Author

    Krishna Chapagain

    Jyanmarne dhanda chalayekaharu ni kaalgatile mareko chhoro samjhera runeraichhan.

    Comment Author

    Raghu Bir Bhatt

    पालो को पैचो

    Comment Author

    Mani Raj Bhattarail

    आफ्नो छोरो कालगतिले मर्दा त्यत्रो पिंडा ?ती उज्ज्वन श्रेष्ठको परिवार मार्ने अपरधिलाइ जेलबाट ननिकाल्न सक्तिको प्रयोग गर्न लाज लाग्दैन?

    Comment Author

    Netra Ghimire

    पाप काटाैं

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?