फिल्मविहीन आँचल !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
४५ पटक हेरिएको
Shares
फिल्मविहीन आँचल !

सारांश

  • काठमाडौं ।
  • अभिनेत्री आँचल शर्मा ‘दात भात तरकारी’पछि अन्य फिल्ममा देखिएकी छैनन्।
  • त्यसयता उनले नयाँ फिल्म साइन समेत गरेकी छैनन्।

काठमाडौं । अभिनेत्री आँचल शर्मा ‘दात भात तरकारी’पछि अन्य फिल्ममा देखिएकी छैनन्। त्यसयता उनले नयाँ फिल्म साइन समेत गरेकी छैनन्।बरु, आँचल एकपछि अर्को म्युजिक भिडियोहरुमा काम गरिरहेकी छन्। यसवर्ष त उनी तीज गीतमा पनि छमछम नाँचिन्। ‘चिटिक्कै भाछु रे’ बोलको गीत नै आँचलको जीवनकै पहिलो तीज गीत हो।फिल्म हातमा नहुँदाको फुर्सदलाई तीज गीतमा लगाएकी आँचललाई फाइदै भयो क्यारे१ गीतलाई दर्शकले रुचाए। भिडियो अहिले युटयुब ट्रेन्डिङको चौथो स्थानमा छ।

‘नाइ नभन्नू ल ४’ डेब्यू अभिनेत्री आँचल फिल्म वृत्तमा सधै चर्चामा रहन्छिन्। दर्शकमाझ पनि उनको क्रेज राम्रो देखिन्छ। तैपनि अहिले लामो समय भयो, फिल्ममा काम नगर्दा बजारमा चर्चा हुन्छ– उनलाई फिल्मको अफर नै आएन की, राम्रो स्क्रिप्टको फिल्ममा मात्र गर्ने अडानमा पुगिन्रु खास कुरा भने आँचललाई नै थाहा होला ।

यो पनि पढ्नुहोस

पक्राउ पुर्जी जारी भएकी शिल्पा भोजपुरी फिल्ममा व्यस्त!

काठमाडौं। बुधबार जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको थियो। तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अहिलेसम्म नभेटिएका उनीहरु छिट्टै पक्राउ पर्ने बताए।

प्रहरीले खोजिरहँदा शिल्पा भने भोजपुरी चलचित्रको शुटिङमा व्यस्त छिन्। केही दिन अघि भोजपुरी चलचित्र ‘जय शम्भु’को सुटिङ सेटबाट उनका केही तस्वीर बाहिरिएका थिए। तर छवि ओझा कहाँ छन्, थाहा छैन। हामीले उनलाई टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । ४ दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्।

छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्। यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?