वाम सरकारकै पालामा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
वाम सरकारकै पालामा रेल ल्याउने प्रधानमन्त्री ओलीको सपना

सारांश

  • शिखरन्युज, ७ असार- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।
  • भेटमा चीनबाट काठमाडौं रेल ल्याउने विषयमा दुवै देशले सहमति जनाएका छन् ।
  • रेलका विषयमा विस्तृत छलफल गरी लगानी लगायतका विषयमा आज बिहिबार टुंगो लाग्ने बताइएको छ ।

शिखरन्युज, ७ असार- चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । भेटमा चीनबाट काठमाडौं रेल ल्याउने विषयमा दुवै देशले सहमति जनाएका छन् ।

रेलका विषयमा विस्तृत छलफल गरी लगानी लगायतका विषयमा आज बिहिबार टुंगो लाग्ने बताइएको छ । रेल काठमाडौं पुर्याउन चीन सहमत भएको राष्ट्रपति सीले प्रधानमन्त्रीसँगको भेटमा स्पष्ट पारेका छन् ।

चिनियाँ राष्ट्रपति सीले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको बताएका छन् । उनले काठमाडौंसम्म रेल लैजान चीनले सहयोग गर्ने बताए । रेल काठमाडौं ल्याउन चीन सहमत भएको देखिएको चीन भ्रमणमा रहेका एक सदस्यले बताए ।
भ्रमणको क्रममा नेपाल र चीन बीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

चीनबाट काठमाडौं रेलका विषयमा दुईमहिनाभित्र अध्ययन सक्नेगरी समझदारी हुने बताइएको छ । चीनबाट पाँच वर्षभित्र अर्थात वाम सरकारकारकै पालामा काठमाडौं रेल ल्याउने तयारी छ ।
यता भारतबाट पनि रक्सौल काठमाडौं रेलमार्गका विषयमा अध्ययन शुरु भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?