३३ किलाे सुन प्रकरण: एसएसपी र गोरेलाई देखभेट र बोलचालमा पूर्ण बन्देज!
सारांश
- काठमाडाै, २० जेठ ।
- तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका एसएसपी श्यामबहादुर खत्रीले जेल स्थानान्तरणको निवेदन दिएका छन्।
- उनको निवेदन उपर सबै कारवाही पुरा भएको छ।
काठमाडाै, २० जेठ । तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको आरोपमा पूर्पक्षका लागि मोरङ कारागारको थुनामा रहेका एसएसपी श्यामबहादुर खत्रीले जेल स्थानान्तरणको निवेदन दिएका छन्।
उनको निवेदन उपर सबै कारवाही पुरा भएको छ। स्रोतका अनुसार आईतबार वा ढिलोमा सोमबारसम्म एसएसपी खत्रीलाई मोरङबाट सुनसरीको झुम्का कारागारमा स्थानान्तरणको तयारी भईरहेको हो। सुन तस्करी प्रकरणका अन्य आरोपी समेत पूर्पक्षका लागि सोही कारागारमा रहेका छन्।
‘उहाँको जेल सरुवा हुदैछ, सम्भवत आईतबारसम्म उहाँको झुम्का कारागारमा सरुवा हुनेछ’ मोरङ कारागारका प्रमुख उपसचिव शंकर पौडेलले भने। उनका अनुसार सुन तस्करी र सनम हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) र खत्रीलाई एउटै कारागारमा राख्दा सुरक्षा चुनौती बढी हुने भएकाले समेत स्थानान्तरणको तयारी भईरहेको हो।
खत्री माथि, गोरे तल
कानूनी उपचारकाक्रममा पूर्पक्षका लागि थुनामा रहेका मुख्य आरोपी चुडामणि उप्रेती(गोरे) र एसएसपी खत्री एउटै कारागारमा छन्।
मोरङ जिल्ला अदालतमा एकअर्का विरुद्ध केन्द्रीत रहेर बयान दिएका गोरे र एसएसपी खत्रीलाई एउटै कारागारमा राख्दा दुबैको ज्यानको खतरा रहने बिश्लेषण सहित सुरक्षा प्रवन्ध मिलाईएको हो। एसएसपी खत्रीले इजलासमै आफुलाई गोरेसँगै नराख्न आग्रह समेत गरेकाले कारागार सुरक्षा गरिरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी सचेत रहेको कारागार प्रशासनले जनाएको छ।
मोरङ कारागारमा रहेका गोरे र खत्री एउटै कारागारमा रहेपनि उनीहरुको देखभेट र बोलचालमा पूर्ण बन्देज लगाईएको छ। गोरेलाई उनका आफन्त भेट्न आउँदा खत्रीलाई थुनुवा कक्षमा र खत्रीका आफन्त भेटन आउँदा गोरेलाई थुनुवा कक्षमा राखेर भेटघाटको प्रवन्ध मिलाएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख उपसचिव पौडेलका अनुसार खत्रीलाई माथिल्लो तलामा र गोरेलाई भुईतलामा राखिएको छ।
‘बोलाचाल र देखभेट नहुने गरी राख्न जेल प्रशासनलाई भनेका छौं, सुरक्षा प्रवन्ध मजबुत पारेका छौं’ मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले भने।नेपालखबर मा समचार छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेलाई जेठ १३ र एसएसपी खत्रीलाई जेठ १७ मा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
प्रतिक्रिया