कुमार सानुले छोराले लगाएको आरोपबारे भने, अब उसँग भेट्नेछैन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १०, २०७७
|
|
२८ पटक हेरिएको
Shares
कुमार सानुले छोराले लगाएको आरोपबारे भने, अब उसँग भेट्नेछैन्

सारांश

  • बिगबोसमा सहभागी जान कुमार सानु पछिल्लो दिनमा चर्चामा छन् ।
  • बितेको हप्तामा घरबाट बाहिरीएका जान कुमारले आफ्नो पिताको बारेमा यस्तो भनेका छन्, उनका कुराले जो कोही पनि आश्चर्य चकित पर्छन् ।
  • जान कुमारले आफ्नो पिता कुमार सानुमाथि आरोप लगाउँदै आफु र आफ्नो आमाको लागि कहिल्यै पनि केही नगरेको बताएका हुन् ।

बिगबोसमा सहभागी जान कुमार सानु पछिल्लो दिनमा चर्चामा छन् । बितेको हप्तामा घरबाट बाहिरीएका जान कुमारले आफ्नो पिताको बारेमा यस्तो भनेका छन्, उनका कुराले जो कोही पनि आश्चर्य चकित पर्छन् । जान कुमारले आफ्नो पिता कुमार सानुमाथि आरोप लगाउँदै आफु र आफ्नो आमाको लागि कहिल्यै पनि केही नगरेको बताएका हुन् ।

आफुमाथि छोराले आरोप लगाएपछि कुमार सानुले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनल भने, ‘जानको आमाले जे चाहान्थी त्यो मैले सबै दिएको थिए । तर, यति गर्दा पनि मैले केही नगरेको भनिरहेका छन् ।’

सबैभन्दा पहिला कुमार सानुले छोरा जानलाई केही कुराको स्पष्टिकरण दिए । उनले भने, ‘एक पटक भिडियो फेरी हेर्न आवश्यक छ । मैले उसलाई भनेको थिए नालायकको कुरा गर्नु हुदैँन् । मैले उसलाई नालायक भनेको छैन् ।’ यसपछि कुमार सानुले भने्, यो कुरा सुनेर दुःख लागेको छ, जसमा उसले भनेको छ मैले नामको अलावा केही दिइन् ।’

कुमार सानु दुःखी हुँदै अगाडी भनेका छन्, जान धेरै सानो थियो उसलाई केही थाहा थिएन् जब २००१ मा मेरो सम्बन्ध बिच्छेद भएको थियो । त्यो समयमा उसकी आमाले अदालतमा जे जे मागिन् ती सबै चीज मैले दिएको थिए । आफु बस्ने बंगला पनि दिएको थिए । मेरो छोरा मसँग भेटिरहन्थो तर अब उसले भेट्न चाहेमा पनि भेट्दिन ।’

छोरा जानलाई कामको सिलसिलामा आफुले म्यजिक प्रोड्युसरलाई पनि भेट्टाइदिएको बताउदै आफु कोरोना संक्रमित हुदाँ पनि छोराले एक कल पनि नगरेको समेत दुःख पोखेका छन् । उनले एक हातले मात्र ताली नबज्ने भन्दै माया पनि एक तर्फ नहुने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?