प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने
सारांश
- जनकपुर १ भदौ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ ।
- प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
जनकपुर १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ ।प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय जनता पार्टी सम्बद्ध केही केन्द्रिय नेताहरुले यसलाई खुलेरै विरोध गरेपछि यस विषयले थप चर्चा पाएको हो। जबकी प्रधानमन्त्री त्यही पार्टीका मुख्यमन्त्रीको निमन्त्रणामा आएन लागेका हुन्।
ओलीको प्रदेश सभामा सम्वोधन गर्ने विषय सार्वजनिक भए लगतै राष्ट्रिय जनता पार्टीका केन्द्रिय नेता एवं पूर्व सांसद डा. विजयकुमार सिंह आफ्नो फेसबूक वालमा लेखेका थिए, ‘सामान्य परिस्थितिमा संघीय कार्यकारी प्रमुख प्रधानमन्त्री केपी ओलीद्वारा प्रदेशसभालाई गर्ने संबोधित नसुहाउँदो हो।
तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष डा. सिंहको उक्त अभिव्यक्तिमाथि प्रतिक्रृया दिंदै राजपा उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले लेखे, ‘संविधान वा प्रदेशसभा नियमावलीमा प्रधानमन्त्रीले सम्वोधन गर्न सक्ने यस्तो कहि कतै छ की? जुन व्यक्ति सभाको सदस्य छैनन्, त्यो कसरी सभामा प्रवेश गरेर सभालाई सम्वोधन गर्ने छन्? कुन नियमले?’
बौद्धिक नेताको छवि बनाएका राजपाका यी दुई नेताको सार्वजनिक अभिव्यक्तिले तातेको जनकपुर, प्रदेशसभा सदस्य उपेन्द्र महतो तथा मनिष सुमनको अभिव्यक्तिले थप उद्देलित बनेको छ। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका भतिजासमेत रहेका प्रदेशसभा सदस्य महतोले प्रधानमन्त्री ओलीको प्रदेशसभामा हुने सम्वोधनलाई बहिष्कारसम्म गर्ने चेतावनी दिएका छन्।
ओलीलाई खुला पत्र शीर्षकमा उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, जून प्रदेशमा तपाई आउँदै हुनुहुन्छ त्यहाँका माननीय मुख्यमन्त्रीज्यूले पनि तपाईलाई पत्र लेखेर नै तपाईको सरकारले हामीमाथि गरेको विभेद बारे आफ्नो असन्तुष्टि जाहेर गरिसकेका छन्। न हाम्रो माग पूरा गर्ने, न हाम्रो अधिकारको कुरा गर्ने, न संविधान संशोधन गर्ने, न प्रदेश सरकारसंग उचित व्यवहार गर्ने, अनी किन तपाईलाई प्रदेश–२ मा स्वागत गर्ने, किन तपाईंको सम्बोधन सुन्ने हामी?’
राजपाकै प्रदेशसभा सदस्य मनिष सुमनले प्रधानमन्त्री ओलीको प्रस्तावित सम्वोधनको विरोध नगरे पनि उनलाई आफ्नो सम्वोधनको क्रममा मधेसी जनतासँग क्षमा याचना गर्न आग्रह गरेका छन्। आफ्नो फेसबूक वालमा उनले प्रधानमन्त्रीलाई मधेस विरोधी आफ्ना पूर्व अभिव्यक्तिहरुका कारण मधेसी समुदायसंग क्षमा याचना गर्न, संविधान संशोधनको समय सीमा निर्धारण गर्न, मधेस आन्दोलनकर्मीहरुमाथि लगाईएको झुठा मुद्दा फिर्ता गर्ने तथा रघु साफी लगायतलाई शहीद घोषणा गर्ने विषयमा प्रदेशसभामा घोषणा गर्न आग्रह गरेका छन्।
प्रदेशको अधिकार, संविधान संशोधन आदि विषयमा संघीय सरकारसँग असन्तुष्ट रहने मुख्यमन्त्री लालबाबू राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएर प्रदेशसभामा बोलाएको मा आक्रोशित देखिए।
राजपाका नेता–कार्यकर्ता तथा स्थानीय केही युवा संघसंगठनहरु विरोध गर्ने गृह कार्यमा जुटेपनि नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको जनकपुर भ्रमणलाई भव्य जुटेका छन्।
प्रधानमन्त्री ओलीसंगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि शनिवार विहान साढे १० वजे जनकपुर आउने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले विहान ११ वजे प्रदेश २ को प्रदेशसभालाई सम्वोधन गर्ने कार्यक्रम निर्धारण गरिएको छ। उनीसंगै आउने पूर्व प्रधानमन्त्री दाहालको कार्यक्रम भने स्पष्ट भइसकेको छैन।
प्रदेशसभामा सम्वोधनपछि ओली र दाहाल दुवैले पूर्वी धनुषाको बरमझियामा आयोजित शहिद रामबृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ।
(Klonopin)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया