‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
सारांश
- काठमाडौँ,पुस २८ ।
- कांग्रेस सभापति शेरबहादुर देउवाले आफू फेरि प्रधानमन्त्री हुने बताएका छन् ।
- आफ्ना निकटस्थ नेताहरुसँग कुराकानी गर्दै उनले आफू प्रधानमन्त्री हुने बताएका हुन् ।
काठमाडौँ,पुस २८ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू फेरि प्रधानमन्त्री हुने बताएका छन् । आफ्ना निकटस्थ नेताहरुसँग कुराकानी गर्दै उनले आफू प्रधानमन्त्री हुने बताएका हुन् ।
कांग्रेसले आम निर्वाचनमा लज्जासपद हार व्यहोरेपछि विकल्पको खोजीमा रहेका कांग्रेसका शीर्ष नेताहरु देउवालाई भेट्न बालुवाटार पुगेका थिए । हालै भएको भेटवार्ताको क्रममा देउवाले कांग्रेसमाथि जनताको विश्वास र भरोसा कायमै रहेकाले पनि नआत्तिन सबेलाई आग्रह गरेका छन् ।
‘हामी योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्छ, कांग्रेसको जनमत घटेको छैन’ उनले भनेका थिए, ‘अहिलेको जनमतले कांग्रेसबाट फेरि प्रधानमन्त्री बन्छ, प्रधानमन्त्री म आफैँ बन्छु ।’
प्रधानमन्त्री देउवाले कांग्रेसलाई अब नयाँ ढंगबाट अगाडि बढाउने समेत बताए। एमाले र माओवादीबीच एकता भएको खण्डमा कांग्रेसले नयाँ ढंगबाट आफ्नो काम कारबाही अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।
सबै नेतालाई खास जिम्मेवारी दिएर आगामी दिनमा संगठनात्मक कामम लगाउने देउवाको भनाई थियो ।
प्रतिक्रिया