प्रधानमन्त्री ओलीले बेडमै पुगेर घाइते भेटे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले बेडमै पुगेर घाइते भेटे

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षण पुगेर फर्केका छन् ।
  • झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षण पुगेर फर्केका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगी राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । प्रधानमन्त्रीले कलैयास्थित अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिए । आइतबार साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए ।

हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?