राेचक समाचार : जब कमिलाले एउटी किशोरीको बलात्कार हुनबाट जोगाए…
सारांश
- एजेन्सी।
- इण्डोनेसियामा कमिलाहरुको समूहले एउटी किशोरीको बलात्कार हुनबाट बचाएका छन्।
- यो घटना इन्डोनेसियाको सुकामाजु इलाकाको हो।
एजेन्सी। इण्डोनेसियामा कमिलाहरुको समूहले एउटी किशोरीको बलात्कार हुनबाट बचाएका छन्।
यो घटना इन्डोनेसियाको सुकामाजु इलाकाको हो। त्यहाँ बस्ने एक १६ वर्षकी किशोरीलाई टोनी इरवान नामक व्यक्तिले घुम्न जाने प्रस्ताव राखे।
ती किशोरी पनि उनीसँग घुम्न जानको लागि तयार भइन्। बाटोमा त्यो व्यक्तिले किशोरीलाई यौन सम्पर्कको प्रस्ताव गरे तर ती किशोरिले मानिनन्। जब उनले केटाको प्रस्ताव अस्वीकार गरिन् तब ती व्यक्तिले उनलाई घिसारेर नजिकैको झाडीमा लिएर गए र बलात्कार गर्न खोजे । संयोगवस त्यो झाडीमा कमिलाको गोलो रहेछ। जब ती व्यक्तिले किशोरीको बलात्कार गर्न खोजे तब कमिलाको झुण्डले उनीहरुमाथि आक्रमण गरे।
स्थानीय समाचार माध्यमका अनुसार इरवानले उनलाई गाडी चलाइरहेको बेलामा लगातार यौन सम्पर्कको लागि अनुरोध गरिरहे तर ती किशोरिले मानिनन्। जब ती व्यक्तिले गाउँमा गाडी रोके तब उनी त्यहाँबाट भाग्ने कोशिस गरिन्। तर ती व्यक्तिले उनलाई समाते अनि तानेर कारमा लगे।
रिपोर्टका अनुसार ती व्यक्तिले बलात्कार गर्न लागेको समयमा कमिलाको झुण्डले उनीहरु दुवै जनालाई आक्रमण गरे। त्यही बेला ती किशोरी त्यहाँ बाट भागिन् र नजिकैको गाउँमा पुगेर सहयोग मागिन्।
इरवानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको त्यहाँका पुलिस अधिकारीले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया