प्रधानमन्त्री ओलीले भने, माग पूरा नभए यसो र त्यसो हुनेछ भन्ने दिन छैन
सारांश
- काठमाडौं, २० बैशाख ।
- प्रधानमन्त्री के.
- पी.
काठमाडौं, २० बैशाख । प्रधानमन्त्री के.पी. शर्मा ओलीले देशमा श्रमजीवी वर्गका लागि अनुकूल सरकार बनेकोले हड्ताल गर्नै नपर्ने प्रवन्ध भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न पुगेको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताए ।
भेटघाटको सुरुवातमा दुई दिनअघि मात्र जिम्मेवारी सम्हालेका अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रभावकारी सुरुवात हुनु पर्नेमा जोड दिएका थिए ।
जिफन्ट अध्यक्ष श्रेष्ठको प्रस्तुतिपछि प्रधानमन्त्रीले भने, “हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध बलियो हुन्छ, कसरी उत्पादनमा वृद्धि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अनि अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवद्ध छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजीवी वर्गसँग घनिष्ट सम्बन्धमा रहेकै कारण न्यायोचित र उत्पादनमूलक बाटोमा अग्रसर भएको बताए ।
प्रधानमन्त्रीले जिफन्टका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना ज्ञापन गरेका थिए । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं जिफन्टका निवर्तमान अध्यक्ष विष्णु रिमाल जिफन्टका संरक्षक रहेको बताएका थिए ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Yubaraj Bhusal
Tali bajayeholaan …